

महेन्द्रनगर । गत बर्ष पुसमा काँग्रेस विशेष महाधिवेशनमा सहभागी भएपछि नेता गोपाल गुरुङ्ग जिल्ला नेतृत्वका दावेदार हुने अनुमान गरिएको थियो ।
काँग्रेमा शेखर कोइराला समूहका गुरुङ्ग बिशेष महाधिवेशनको पक्षमा सुरुदेखि खुलेका थिए । काँग्रेसमा कोइरालाले सबैभन्दा पहिले विशेष महाधिवेशन माग गरेका थिए ।
काँग्रेस १२ औ महाधिवेशनमा जिल्ला नेतृत्व लिने गुरुङ्गको चाहना पूरा नभए पछि १५ औ मा उनी नेतृत्वका लागि अघि सर्ने अनुमान हुन थालेको थियो ।
१५ औ महाधिवेशन कार्यतालिका घोषणा भएपछि गुरुङ्गले ती अनुमान गलत साबित हुने गरी सबैलाई अचम्ममा पारि दिए ।
गुरुङ्गले भदौ तेसो साता सामाजिक सञ्जालबाट आफू १५ औ महाधिवेशनमा कुनै पदमा पनि चुनाव नलड्ने घोषणा गरेका थिए ।
जेन जी आन्दोलनमा जलेको काँग्रेस पार्टी कार्यालयको तस्बिर राख्दै गुरुङ्गले चुनाव नलड्ने घोषणा गरेका थिए ।
गुरुङ्गको घोषणापछि काँग्रेस संस्थापन र इतर दुबै समुहमा हल्लीखल्ली मच्चिन पुग्यो । काँग्रेसका केही नेताले गुरुङ्गले आवेगमा आएर फेसबुकमा लेखेको भन्दै समान्य रुपमा लिएका थिए ।
गुरुङ्गको घोषणाका बेला काँग्रेसका दुबै समूह आ आफ्नो अगुवा कार्यकर्ता भेला गर्न थालेका थिए ।
लालझाडीबाट काँग्रेस क्रियाशिल सदस्यता भएका उनी कंचनपुर १ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि भएर जिल्ला, प्रदेश र केन्द्रमा चुनाव लड्न सक्थे ।
उनी कही पनि नबस्ने गरी चुनावी प्रक्रियाबाट बाहिर बसे । काँग्रेसका लागि भने पुरानै गतिलाई निरन्तरता दिएर लागि रहे । सामाजिक संजालबाट धारणा सार्वजनिकदेखि नेता कार्यकर्ता भेटघाटसम्म उनी सक्रिय देखिए ।
काँग्रेस कञ्चनपुरका कार्य बाहक उप सभापति हरिशचन्द्र रानालाई सभापति बनाउन लबिङ्ग गर्दै केही दिन गुरुङ्ग जिल्ला दौडाहा गरेका छन् ।

उनी यस पटक आदिवासी जनजाति समुदायलाई काँग्रेस जिल्ला नेतृत्व दिनु पर्ने बताउँछन् ।
काँग्रेस संस्थापनले १५ औ महाधिवेशनका लागि रानालाई कार्यबाहक जिम्मेवारी दिएको हो । काँग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवा समूहका जिल्ला सभापति पदम बोगटीले संस्थापनको निर्णय मान्न अस्वीकार गरेका थिए ।
बेल्डाँडी गाउँपालिकाका अध्यक्ष राना काँग्रे्रेस १४ औ महाधिवेशनबाट उप सभापति निर्वाचित भएका थिए । उनी काँग्रेसको कोइराला समूहबाट उप सभापति भएका थिए ।
अहिले गुरुङ्ग रानालाई जिल्ला सभापति बनाउन चुनावी प्रचारमा लागेका छन् ।
‘आदिवासी जनजाति समुदायको सभापति भए राम्रो सन्देश जान्छ भन्ने हो, त्यसैले मैले वहाँलाई अघि सारेको छु’ उनले भने ।
काँग्रेसको जिल्ला अधिवेशन अझै तोकिएको छैन । नेता गुरुङ्गले सभापतिमा राना र उप सभापतिमा शमरजङ्ग बहादुर चन्दलाई उम्मेदवार बनाएर प्रचार थालि सकेका छन् ।
उप सभातिका उम्मेदवार चन्द काँग्रेसका प्रजातन्त्र सेनानी हुन् । काँग्रेस १५ आंै महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका थिए ।
काँग्र्रेस विशेष महाधिवेशनपछि दुई समूहमा बाँडिएको छ । काँगे्रस संस्थापन र संस्थापत इतर समूह छन् ।
गुरुङ्गले केही दिन अघि सामाजिक सञ्जालमा पोष्ट गरेको स्टयाटशले हल्लीखल्ली मच्च्यिो ।
सामाजिक सञ्जालमा उनले कञ्चनपुर काँग्रेस तेस्रो धार हुने लेखेका थिए । १५ औं महाधिवेशनको क्षेत्रीय अधिवेशनमा निर्वाचन भएपछि दुई समूह चुनाव लडेका थिए ।
ती दुई समूह बाहेक अर्को समूह जिल्ला अधिवेशनसम्म हुने गुरुङ्गले संकेत गरेका हुन् । तेस्रो समूह पूरानो शेखर समूहमा संगठित हुने आश गुरुङ्गलाई छ ।
म १५ औ महाधिवेशनमा कुनै पदमा मत दिने अधिकार न भएको कार्यकर्ता हु। सदभाव मात्रै हो । केन्द्रीय सभापति गगन थापा जीलाई म पदीय राजनीति गर्दैन तर कञ्चनपुर जिल्लामा थारु समुदायको श्री हरिश्चन्द्र रानालाई सभापति र जिउँदा शहीद स्व मदन चन्द जीका छोरा श्री समरजंग बहादुर चन्दजीलाई उपसभापति बनाउने अभियान चलाएको छु । हजुरको नैतिक सहयोग समर्थन चाहिन्छ भने त्यसैले मेरो शरीरमा एक बुद रगत रहेसम्म उहाँ हरु लाई निस्वार्थ भावले समर्थन रहि रहने छ । जित हार मतदाता को चाहना हो मतदाता लाई भेट्नै पर्छ भन्ने सुझाव छ’ उनले भने ।
