ghar sansar

सामाजिक अभियन्ता खड्काले गरे भीमदत्त नगरपालिकामा अनशन सुरु

khasi

महेन्द्रनगर । सामाजिक अभियन्ता राजु सिंह खड्काले भीमदत्त नगरपालिकामा अनशन सुरु गरेका छन् ।

भीमदत्त नगरपालिका ५ का खड्काले नगरपालिकाले आफूसित गरेको सम्झौता कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै मंगलबारदेखि नगरपालिका कार्यालयको चौतारीमा अनिश्चितकालिन अनशन सुरु गरेका हुन् ।

खड्काले २०७४ देखि माटो सुरक्षा, बालबालिकाको पोषण र जडीबुटी प्रवद्र्धनको माग गर्दै आएका छन् । खड्का र नगरपालिकाबीच माग पूरा गर्ने सम्झौता भएपछि उनी कार्यान्वयनको आशमा बसेका थिए । 

आफूसित सम्झौता कार्यान्वयन नगरी वेवास्ता गरिएपछि खड्काले अनशन सुरु गरेका छन् । खड्काले अनशनलाई आफ्नो वारपारको अन्तिम आन्दोलन भनेका छन् ।

‘मसित सम्झौता भयो, मलाई आशा दिइयो, म आशममा बसे । तर कुनै मतलब नै भएन’ उनले भने ।

खड्काले यस पटक सम्झौता कार्यान्वन नभएसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

dirghayi clinic

‘अब म पछाडि फर्किने छैन, माग शान्तिपूर्ण रुपमा पूरा हुन्छ भने ठिक छ, नभए अन्य आन्दोलनका कार्यक्रम पनि गर्छु’ उनले भने ।

भीमदत्तका उप मेयर निलम लेखक जोशी र प्रमुख प्रशासकीय अधिकृत बासुदेब घिमिरेले खड्कालाई भेटेर सम्झौता कार्यान्वयनको आश्वासन दिएका छन् ।

खड्कालाई भीमदत्त नगरपालिका नगर प्रवक्ता पदमराज अवस्थीले पनि भेटेका छन । खडका अवस्थीको वडाका वासिन्दा हुन् ।

खड्काले सुदूरपश्चिमका सबै जिल्ला पुगेर जडीबुटी खोजी गरेका छन् । ती जडीबुटी प्रयोग गरी सबै नागरिकसम्म पुगाउनु पर्ने उनी बताउँछन् ।

खड्काले यस अघि केही दिन मदनचोकमा अनशन बसेका थिए ।

समाजलाई ऋण मुक्ति, सुशासन, विषादीरहित स्वस्थ खानाको प्रयोग र विद्यालय जाने बालबालिकाहरूमा पत्रु खाना (जङ्क फुड) को नियन्त्रण हुनु पर्ने, स्वास्थ्य र सामाजिक सुधारका माग राखेका छन् ।

समयदेखि विभिन्न सामाजिक र जनचेतनामूलक अभियानमा सक्रिय खड्काले आफ्ना मागहरूप्रति स्थानीय सरकार र संघ सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...