ghar sansar

कांग्रेस कञ्चनपुर–२ को क्षेत्रीय सभापतिमा करन सिंह ऐर सर्वसम्मत

khasi

महेन्द्रनगर । कांग्रेस कञ्चनपुर क्षेत्र नं. २ को १५औँ क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा करन सिंह ऐर सर्वसम्मत रूपमा चयन भएका छन् ।

अधिवेशनले क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति गठन गर्नुका साथै समावेशिताका आधारमा ३५ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ ।

dirghayi clinic

अधिवेशनबाट क्षेत्रीय सचिवमा तोयराज पन्त र सुरेश रावल तथा सहसचिवमा नैन सिंह मडै र रमेश भट्ट चयन भएका छन्। अधिवेशनले २३ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन गरेको हो ।

त्यसैगरी, क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा ‘क’ को सभापतिमा हरि सिंह गैराल र प्रदेश सभा ‘ख’ को सभापतिमा थानेश्वर भट्ट चयन भएका छन्। दुवै प्रदेश सभा क्षेत्रमा २८–२८ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

अधिवेशनले पार्टीको संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित समावेशिताका आधारमा ३५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...