ghar sansar

स्थानीय तहका महिला जनप्रतिनिधिका लागि जिल्ला स्तरीय सम्मेलन

khasi

महेन्द्रनगर । स्थानीय तहका महिला जनप्रतिनिधिका लागि महिला अधिकार, जलवायु परिवर्तन, विपद र नेतृत्व सम्बन्धि जिल्ला स्तरीय सम्मेलन गरिएको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले सम्मेलन उद्घाटन गरेकी छन् ।

गैर सरकारी संस्था महासंघको सभा कक्षमा गरिएको सम्मेलनमा भीमदत्त नगरपालिकाका सबै महिला जनप्रतिनिधि सहभागी भएका छन् ।

गैर सरकारी संस्था संजिविनी नेपालले सम्मेलन आयोजना गरेको छ । संस्थाको महिला धर्ती परियोजना अन्र्तगत सम्मेलन महिला अधिकार, जलवायु परिवर्तन, बिपद र नेतृत्व सम्बन्धि अनुभव आदानप्रदान र आगामी योजना सम्बन्धि छलफल गरिएको छ ।

कार्यक्रममा उप मेयर जोशीले महिलालाई अझै पूर्ण अधिकार पाउन नसकेको भन्दै महिलाले सशक्त भएर अघि बढ्न पर्नेमा जोड दिएकी छन् ।

महिला जन प्रतिनिधिलाई आफ्नो जिम्मेवारी वहन गर्न सहज नभएको उनको भनाई छ ।

‘हामी महिलाले घरधन्दा पनि हेर्न पर्छ, राजनीतिक पनि गर्न छ, जनप्रतिनिधिको भूमिका निर्वाह पनि गर्न परेको छ, तै पनि हामी लागि रहेका छौ’ उनले भनिन्,‘यी सबै जिम्मेवारी पूरा गर्न त्यति सजिलो छैन। ’

dirghayi clinic

उप मेयर जोशीले आफूहरुले सबै चुनौतीका बाबजुद पाएको अवसर सदुपयोग गर्न पर्ने बताइन् । चुनौतिसित डराएर नभई संघर्ष गरी अघि बढ्न पर्ने धारणा जोशीले राखिन् । ‘चुनौतीलाई सहेर अघि बढ्न सके मात्रै हामी सफल हुन सक्छौ’ उनले भनिन् ।

महिला नेता मात्रै नभएर घर परिवारको गृहिणी भएको उल्लेख गर्दै उनले सबैलाई मिलाउन सके मात्रै नेतृत्व गर्न सक्ने समक्ष हुने बताइन् ।

उप मेयर जोशीले जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्न सुझाव दिँदैं त्यसबाट कानुनी ज्ञान भएर कामकाज गर्न सहज हुने उल्लेख गरिन् ।

सबै मिलेर लागे भीमदत्तमा सुशासन र समृद्धि आउने उप मेयर जोशीको भनाई थियो ।

भीमदत्त नगरपालिका १ का कलावति विष्ट, २ का बसन्ती जोशी, ४ का हिरा सार्की, ५ का रिता चन्द, १३ का फुल पहरीले वडामा काम गर्दा आफूहरुले भोगेको अनुभव सुनाए ।

संजिविनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले दिगो विकासलाई मध्यनजर गरी वडामा कामकाज गराउनु जनप्रतिनिधिले भूमिका निर्वाह गर्न पर्ने बताइन् ।

नागरिक समाजका अगुवा नर बहादुर साउँदले कार्यक्रम सहजीकरण गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...