
प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै सरकारले आइजीपी कार्कीलाई जिम्मेवारीबाट हटायो, एआइजी केसी नयाँ आइजीपि

महेन्द्रनगर । सरकारले दान बहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपी पदबाट हटाउने निर्णय गरेको हो ।
उनको ठाउँमा मनोज केसीलाई सरकारले आइजिपी बनाउने निर्णय गरेको छ । एआइजी केसी नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

पदबाट हटाइएका कार्की अब प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको पनि सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।
पछिल्लो समय विभिन्न सञ्चार गृह र पत्रकारहरूलाई प्रहरीले धरपकड गरेपछि कार्कीको आलोचना भएको थियो ।
आइजी कार्कीको स्थानमा एआइजी मनोज केसीलाई नयाँ आइजी बनाइएको छ ।
