

महेन्द्रनगर । महेन्द्रनगर बजारको पुरानो बस पार्कमा क्षेत्रमा केही अघि एक अपरिचितले पैदल यात्रीको टाउको ढुङ्गा प्रहार गरेका छन् । ती व्यक्ति टाउको फुटेर रगत बगेको छ ।
प्रत्यक्षदर्शीका अनुसार सडकमा हिँडि रहेको अवस्थामा अर्का व्यक्तिले अचानक ढुङ्गा प्रहार गरेका थिए ।

ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेलाई प्रहरीले महाकाली प्रादेशिक अस्पताल लगेको छ ।
घाइते ती केही समय सडक किनारको चौतारमा बसेका थिए । हातले टाउकाको रगत पुछदै उनी चौतारामा पल्टिएका थिए ।
ढुङ्गा प्रहार गर्ने र घाइते दुबैको परिचय खुल्न सकेको छैन ।
घाइतेलाई अस्पताल पु्गाएपछि ढुङ्गा प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीको बसपार्क विट लगिएको छ ।
