

महेन्द्रनगर । कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले भीमदत्तमा चुनाव जित्ने आधार तयार गर्न आग्रह गरेका छन् ।
रास्वपा भीमदत्त नगर समितिले बुधबार आयोजना गरेको शुभ कामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जित्छौ भनेर मात्रै नहुने उल्लेख गरे ।

भीमदत्तमा उम्मेदवार हुन चाहने नेतालाई उनले अहिलेदेखि जनतामा जान, संगठन बनाउन र आफूलाई योग्य प्रमाणित गर्नतिर लाग्न सुझाव दिएका छ्न ।
उनले टिकटका लागि कसैको आश्वासन भन्दा पार्टीको बिधि प्रक्रिया अनुसार अघि बढ्न पर्नेमा जोड दिए ।
‘उम्मेदवारको टिकटका लागि आश्वासन पाएको भए त्यसलाई खारेज भएको सम्झनु होस’ उनले भने ।
स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पर्ने बेला आएको भन्दै उनले भीमदत्तमा पार्टीलाई बलियो बनाउन र त्यसको आधार तयार गर्न पर्ने उनले उल्लेख गरे ।
