ghar sansar

रास्वपा भीमदत्तको शुभ कामना कार्यक्रममा सिहं र साउँदको आशन ग्रहण, जिल्ला सभापति विष्ट काम छ भन्दै निस्किए बाहिर

khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको भीमदत्त नगर समितिको दशै तिहार शुभ कामना आदानप्रदान कार्यक्रममा चार नेतालाई आशन ग्रहण गराएको छ ।

उनीहरूमध्ये नगर सभापति दिनेश भट्टलाई कार्यक्रमको अध्यक्षता र कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महतालाई प्रमुख अतिथिको आशन ग्रहण गराईयो । उनीहरू बाहेक सुभास सिंह र बिरेन्द्र सिंह साउदको आशन ग्रहण गरिएको थियो ।

त्यसपछि अन्य सबैलाई सामूहिक रुपमा आशन ग्रहण गराइएको थियो । आशनग्रहण पछि केही समय पछि रास्वपा जिल्ला सभापति पदम बिष्ट काम छ भन्दै हलबाट बाहिरिएका थिए ।

रास्वपा नगर सचिव यज्ञराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

dirghayi clinic

रास्वपा नेता कार्यकर्ताका अनुसार सभापति विष्टले बेदकोटको कार्यक्रममा जाने भनेको बताएका छन् ।

कार्यक्रममा रास्वपा कञ्चनपुरका निर्वतमान सचिव रामदत्त भट्टले स्वागत मन्तव्य राखेका थिए ।

रास्वपा केन्द्रीय सदस्य चाँदनी ऐरी भने कार्यक्रममा अनुपस्थित भएकी छन् ।

भीमदत्त नगरपालिकाका वासिन्दा ऐेर बुधबार रास्वपाको नगर समितिले गरेको कार्यक्रममा सहभागी नभएकी हुन् ।केन्द्रीय सदस्य ऐरी कार्यक्रममा नआएको सहभागीले बताए ।

रास्वपाले ऐरलाई कार्यक्रममा आमन्त्रण गरे नगरेको आधिकारिक रुपमा धारणा बाहिर ल्याएको छैन । ऐरी रास्वपा पार्टी गठनदेखि सक्रिय छन् । उनी बुधबार भीमदत्त नगरपालिकामै भएको बताइन्छ ।

ऐरी केही दिन अघि दोधारा चाँदनी नगर समितिले गरेको शुभ कामना आदानप्रदानमा भने ऐरी सहभागी भएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...