ghar sansar

बाल संरक्षण सम्बन्धि घटना व्यवस्थापनका लागि दुई दिने तालिम

khasi

महेन्द्रनगर । कञ्चनपुरका दुई स्थानीय तहका प्रतिनिधि तथा बाल सञ्जालका सदस्यका लागि बाल संरक्षण सम्बन्धि घटना तथा उजुरी व्यवस्थापन प्रणाली सम्बन्धि दुई दिने सीपीआईएमएस तालिम गरिएको छ ।

अस्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को साझेदारीमा सञ्चालित बाल विवाह अन्त्य सु्नौलो भविष्य परियोजना अन्तर्गत भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका महिला तथा बालबालिका शाखाका कर्मचारीहरू र नगरस्तरीय बाल सञ्जालका सदस्यका लागि तालिम दिइएको छ ।

dirghayi clinic

तालिममा दुवै नगरपालिकाकाका २० जना सहभागी भएका छन् । तालिमको मुख्य उद्देश्य बाल संरक्षणसम्बन्धी घटना तथा उजुरीहरूको व्यवस्थापन, अभिलेखीकरण, प्रतिवेदन र अनुगमन प्रक्रियाबारे सहभागीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्नु रहेको संस्थाका सदस्य दमन बहादुर चन्दले बताए ।

तालिम मार्फत बाल संरक्षणका सवालहरूलाई व्यवस्थित रूपमा पहिचान तथा सम्बोधन गर्ने र बाल संरक्षणसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ ।

त्यसैगरी, बालबालिकाको अधिकार संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान तथा आवश्यक सहयोग र सेवामा पहुँच सुनिश्चित गर्न स्थानीय तह र बाल सञ्जालबीच समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसमेत तालिमले राखेको थियो ।

तालिमले स्थानीय तहमा बाल संरक्षणसम्बन्धी घटना व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र जवाफदेही बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...