ghar sansar

दोधारा चाँदनीको मायापुरी मध्यवर्ती सामुदायिक वनमा भेटियो मृत बाघ, पोष्ट मार्टमका लागि निकुञ्ज कार्यालय ल्याइयो

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका २ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा मृत अवस्थामा बाघ भेटिएको छ । मंगलबार दिउँसो वन क्षेत्रमा बाघ भेटिएको छ ।

हिमालय मध्यवर्ती समूहको आवद्ध मायापुरी सामुदायिक वन क्षेत्रमा बाघ भेटिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली वन क्षेत्रमा पुगेको छ ।

dirghayi clinic

हिमालय मध्यवर्ती समूहका अध्यक्ष पदम बहादुर सिंहले मृत बाघ भेटिएछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जानकारी गरिएको बताए ।

निकुञ्जको डाक्टर सहितको प्राविधिक टोलीले घट्नास्थल मुचुल्का गरी मृत बाघलाई निकुञ्ज कार्यालय ल्याएको छ । निकुञ्ज कार्यालयमा बाघको पोष्ट मार्टम गरिने भएको छ ।

बाघ चार दिन मरेको आशंका गरिएको छ । भाले बाघले आक्रमण गरेपछि घाइते भएर मरेको हुन सक्ने निकुञ्जका चिकित्सकले आशंका गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...