ghar sansar

बुवा र छोराले कुशको शवलाई दागबत्ती दिँदै गरियो भोटेकोशी बाढीमा वेपत्ता प्रहरी हवल्दारको भट्टको दाहसंस्कार

khasi

महेन्द्रनगर । भोटेकोशी बाढीमा बेपत्ता प्रहरी हवल्दार नरेन्द्र भट्टको कुशको शव बनाएर सोमबार महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।

तीन महिनासम्म वेपत्ता भट्ट सम्पर्कमा आउने आश बसेका घर परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।

ratnam

भदौ १० गते भोटेकोशी त्रिशुलीमा बाढी आएपछि भट्ट वेपत्ता भएका थिए । बेदकोट नगरपालिका ८ गयलनदीका भट्ट रसुवाको ज्यामिरेस्थित इलाका प्रहरी चौकीमा कार्यरत थिए ।

बाढीमा वेपत्ता भएको अघिल्लो दिन मात्रै उनले घर फोन गरी आफू दशैंका लागि आउन लागेको जानकारी गराएका थिए । ‘तीन महिनासम्म फर्किने कुनै बाटो देखेनौ’ उनले भने ।

dirghayi clinic

वेपत्ता हालसम्म सम्पर्कमा नआएपद्धि कुशको शव बनाएर धार्मिक परम्परा अनुसार कुशको महाकाली नदीमा अन्त्येष्टि गरिएको उनका स्वर्गिय भट्टका भाई दिनेशराज भट्टले बताए ।

भट्टका बुवा नरेन्द्र र र उनका १० वर्षीय छोरा कुशलले कुशको शवलाई दागबत्ती दिएका छन् ।  नेपाल प्रहरीले सलामी दिएको थियो । 

दाहसंस्कारपछि प्रहरी हवल्दार भट्टका भाई दिनेशले आफूहरु प्रकृतिको निर्मम प्रहार सहन बाध्य भएको पीडा पोखे ।

‘दाई, प्रकृतिको यो निर्मम प्रहार स्वीकार्न र सहन बाध्य भयौँ । तपाईप्रतिको माया र सम्मान, तपाईका मार्गदर्शन र सम्झनाहरु हाम्रो हृदयमा अमर रहनेछन । तपाईं जहाँ भए पनि शान्ति मिलोस् भन्ने कामना गर्दछु’ उनले भने ।

 

Himal dental
सम्बन्धित
Loading...