

महेन्द्रनगर । लालझाडी गाउँपालिकाका २४ जना सामुदायिक विपद् स्वयम् सेवकहरूका लागि ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु भएको छ ।
पेसवान र प्रोस्पर ग्लोबलको साझेदारीमा सञ्चालित एम रेड परियोजना अन्तर्गत झलारीमा तालिम सुरु भएको छ । तालिम सहजीकरणका लागि ६ जना प्रशिक्षक छन् ।


लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षता तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले प्रशिक्षित स्वयंसेवकहरूलाई प्राधिकरण तथा स्वयंसेवक व्यवस्थापन प्रणाली (ख्ःक्) मा आबद्ध गरी आपतकालीन अवस्थामा तत्काल परिचालन गरिने बताए ।
तालिमले दोदा नदी तटीय क्षेत्रलगायतका जोखिमयुक्त बस्तीहरूमा पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचारमा स्थानीय क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
