

महेन्द्रनगर । सुदृढ तथा दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको आयोजनामा बेदकोट नगरपालिकामा छैठो कञ्चनपुर सम्मेलन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्मेलन उद्घाटन गरेका छन् ।

बेदकोटका मेयर भोजराज बोहराले अध्यक्षता गरेको सम्मेलनमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, उप प्रमुख सहित विभिन्न स्थानीय तहका मेयर उप मेयर सहभागी भएका छन् ।

सम्मेलनमा स्थानीय तहबीच आपसी समन्वय, सहकार्य, सुशासन, विपद् उत्थानशीलता तथा दिगो विकासका सवालमा छलफल एवं विचार आदानप्रदान गरिएको छ ।
चौधर नदी किनार बेदकोट उद्यान पार्कमा सम्मेलन गरिएको छ ।
