
पत्रकार राजेन्द्र विष्टलाई श्रद्धाञ्जली दिँदै प्रेस युनियन कञ्चनपुरले भन्यो – असल, कर्मठ र अनुभवी पत्रकार गुमायौ, सधैं स्मरण गर्नेछौ

महेन्द्रनगर । नेपाल प्रेस युनियन कञ्चनपुरले पत्रकार राजेन्द्र विष्टको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिएको छ ।
युनियनका जिल्ला अध्यक्ष तेज बहादुर सिंह मुस्कानले शोक विज्ञप्ति जारी गरी स्वर्गिम विष्टलाई श्रद्धाञ्वली र घर परिवारमा समवेना व्यक्त गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका १ बन्साहाका विष्टको बिहीबार बिहान निधन भएको थियो ।
महेन्द्रनगरबाट पत्रकारिता सुरु गरेका विष्ट पछिल्लो समय काठमाडौंमा पत्रकारिता गर्दै आएका थिए ।

प्रेस युनियन कञ्चनपुरले विष्टको निधनले पत्रकारितामा ठूलो क्षति पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ । युनियनले पत्रकार विष्ट असल, कर्मठ, जुझारु र अनुभवी पत्रकार गुमाउनु् परेकोमा दुःख व्यक्त गरेको छ ।
‘स्वर्गिय विष्ट एक कर्मठ, होनहार, जुझारु तथा क्रियाशिल पत्रकार हुनु हुन्थ्यो । वहाँको निधनले कञ्चनपुरको पत्रकारिता क्षेत्रले एक असल, कर्मठ र अनुभवी पत्रकार गुमाएको छ’ प्रे विज्ञप्तिमा भनिएको छ, ‘वहाँले पुगाउनु भएको योगदान सधैं स्मरण रहनेछ ।’
कलेजो समस्याबाट पीडित विष्टको धनगढीस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कार्तिक २२ गते विष्टको आमाको निधन भएको थियो ।
आमाको किरिया सकिएपछि विष्ट विरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।

