ghar sansar

शुक्लाफाँटा निकुञ्जबाट आएका हात्तीले बेदकोटमा भत्काए चार घर

khasi

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले बेदकोट नगरपालिका १ मा चार परिवारको घर भत्काई दिएका छन् ।
बुधबार राति १२ बजे हात्तीको बथान बस्तीमा आएको स्थानीयले बताए ।

हात्तीले रडाहाका कमल सार्की, धर्म सार्की लगायत चार ४ परिवारको घर भत्काई दिएको छ । घरभित्र सबै सर समान नोक्सान भएका छन् ।

ratnam

सामाजिक अभियन्ता धिरेन्द्र सिंह धामीले हात्तीले घर भत्काएपछि पीडितको बिचल्ली हुने अवस्था आएको बताए ।

dirghayi clinic

‘घर सबै भत्काई सकेको छ, घरभित्रको सबै सर समान नोक्सान गरिएका छन्’ उनले भने, ‘कहाँ बस्ने, के खाने भन्ने समस्या छ ।’

स्थानीयले हात्ती नियन्त्रणका लागि सरकारसित माग गरेका छन् । उनीहरुले पीडित भएका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन माग गरेका छन् ।

बेदकोटका नेकपाका डीबी धामी अबिरलले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री खगराज भट्ट, वन मन्त्री प्रकाश रावल र कंचनपुर २ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको ध्यानाकर्षण गराएका छ्न ।

सामाजिक संजालबाट धामीले पीडित परिवारलाई क्षतिपूर्ति र आगामी दिनमा हात्ती आतंक रोक्ने गरी काम गर्न आग्रह गरेका छन् । ‘यस घटनाले विशेषगरी आर्थिक रूपमा विपन्न परिवारहरूलाई ठूलो समस्यामा पारेको छ । पटक–पटक जंगली हात्तीको आतंकबाट स्थानीय बासिन्दाहरू त्रसित हुँदै आएका छन्’ उनले भने ।

सरकारले जनधनको सुरक्षा र नागरिकको सुरक्षित जीवनयापनमा ध्यान दिनु पर्ने धामीले बताएका छन् । क्षतिको यथार्थ विवरण संकलन गरी आवश्यक सहयोग उपलब्ध गराउन र भविष्यमा घटना दोहोरिन नदिन प्रभावकारी रोकथाम तथा सुरक्षाको व्यवस्था गर्न उनले माग गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...