कृष्णपुरका स्वास्थ्य चौकीले दिने भए २४ सै घण्टा सेवा

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले स्वास्थ्य चौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउने भएको छ । आगामी असार १ गतेदेखि स्वास्थ्य चौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको हो ।

Mishra

स्वास्थ्य चौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो । प्रसूति सेवा सहित अन्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सेवा २४ सै घण्टा उपलब्ध गराउनका लागि कार्य अघि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर विष्टले बताए ।

deepaj

यस्तै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालमा रहेका सेवालाई नै नियमित २४ घन्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।

सम्बन्धित
Loading...