वडाको विकासका लागि एमाले नेता बोगटीले गरे अध्यक्षसित छलफल

महेन्द्रनगर । नेकपा एमालेका जिल्ला कमिटी सदस्य हरिश बोगटीले भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्कासित वडाको विकास सम्बन्धी छलफल गरेका छन् ।

वडा कार्यालयमा अध्यक्ष खड्काको कार्यकक्षमा नेता बोगटीले वडाका विभिन्न टोलमा बाटोघाटो निर्माण, स्तरोन्नति, सडक कालोपत्रे, खानेपानी विस्तार, विद्युत समस्या समाधान लगायतका विषयमा छलफल गरेका छन् ।

स्थानीय तह निर्वाचनमा बोगटी एमालेबाट वडा सदस्यमा चुनाव लडेका थिए । उनले अध्यक्ष खड्कालाई बधाई दिदैं कार्यकाल सफलताको शुभ कामना दिएका छन् ।

छलफलमा अध्यक्ष खड्काले सबै वडाको माग र चाहना अनुसार आफू विकास निर्माणका लागि सधै अघि बढ्ने बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.