ghar sansar

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका तत्कालिन प्रमुख रिजाल सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

little buddha academy
khasi

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानका जोनका पूर्व कार्यालय प्रमुख श्याम प्रसाद रिमाल सहित चार जना विरुद्ध कृषि उपकरण खरिदमा भ्रष्टाचार गरिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कृषि सामाग्रीको अस्वभाविक मूल्य राखेर खरिद गरिएको भन्दै अख्तियारमा उजुरी परेपछि अनुसन्धान गरी अदालतमा तत्कालिन कार्यालय प्रमुख रिजाल सहित धान जोन सञ्चालक समितिका समितिका संयोजक दशरथ भण्डारी, इन्जिनियर मोहनराज टेलर र व्यवसायी राजीव हमाल विरुद्ध अदालतमा आरोपपत्र दर्ता गरिएको हो ।

,orning glory badhai

परियोजनाको धान जोन परियोजना अन्र्तगत सञ्चालित कार्यक्रम अन्र्तगत शुक्लाफाँटा कृषि सहकारी संस्थाको कष्टम हेयरिङ्ग सेन्टर र पोष्ट हार्भेष्ट सेन्टर स्थापनाका लागि तीन ओटा ट्रयाक्टर खरिद गरिएको थियो । ती ट्रयाक्टर खरिद गर्दा अस्वभाविक मूल्य बढाएर खरिद गरी भ्रष्टाचार गरिएको आरोपत्रमा दावी गरिएको छ । आरोपतमा ट्रयाक्टर खरिद गर्दा १६ लाख ३५ हजार बढी मूल्यमा खरिद गरिएको उल्लेख गरिएको छ ।

अख्तियारले तत्कालिन कार्यालय प्रमुख रिजाल सहित चार जनाबाट जनही १६ लाख ३५ हजार बराबरको बिगो कायम गरी सोही अनुसार सजाय गर्न माग गरेको छ । तत्कालिन प्रमुख रिजाल र धान सञ्चालक समितिका अध्यक्ष भण्डारीमाथि गुणस्तरहिन, म्याद नाघेको र अस्वभाविक मूल्य कायम गरी खरिद गरेको आरोप लगाइएको छ ।

dirghayi clinic

महाकाली सिँचाई आयोजनका इन्जिनियर टेलरमाथि सम्भाव्यता अध्ययन गर्दा वा नम्र्स तयार गर्दा पुष्टि नहुने गरी अस्वभाविक रुपमा बढी लगत देखाएको आरोप लागेको छ । यसैगरी ट्रयाक्टर बिक्रेता दिनेश मोटर पार्टस प्रा.लि.का सञ्चालक हमालले डिलरसीपको उल्लङ्घन गरी प्रचलित कानुन मिचेर व्यवसाय गरेको आरोपमा बिगो कायम गरी सजाय माग गरिएको छ ।

भीनदत्त नगरपालिका २ र १९ तथा कृष्णपुर नगरपालिका वडा नं. ६ मा सञ्चालिन कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७३÷०७४ मा ट्रयाक्टर खरिद गरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

महेन्द्रनगर । उहाँका अनुसार बैठकले भूमि आयोगको कामलाई अगाडी बढाउने, बेलडाँडीमा १५ सैया अस्पताल निर्माणको टेण्डर प्रकृया अगाडी बढाउने लगायतका निर्णय गरेको जनाए ।

बेलडाँडी गाउँपालिकामा आज कार्यपालिकाको पहिलो बैठकले वडा नं.१ का अध्यक्ष गज बहादुर बिष्टलाई गाउँपालिकाको प्रवक्ता तोकेको छ । आफु सहित सिंगो नेपाली कांग्रेस बेलडाँडीलाई बहुमतले विजयी गराउन सफल कांग्रेसका गाउँसभापति समेत रहेका बिष्टलाई आज बसेको कार्यपालिकाको बैठकले प्रवक्ता तोकेको बेलडाँडी गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले जानकारी गराउनु भयो ।

नेपाली कांग्रेस बेलडाँडीका सभापति समेत रहेका बिष्टलाई पार्टीले इमान्दार नेताकारुपले हेर्ने गरेकाले वहाँलाई जिम्मेवारीका लागि सिफारिस गरेको जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...