नक्कली फेसबुक खोलेर एमाले कञ्चनपुरका सचिव भट्ट विरुद्ध कसले फैलाउँदैछ दुष्प्रचार

भन्छन्– पार्टी कब्जा गर्ने मनसाय पूरा नभएपछि घटिया हर्कत देखाउन थालियो

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरका सचिव पल्लवराज भट्टले नक्कली फेसबुक आइडी खोलेर आफू विरुद्ध दुष्प्रचार गरिएको भन्दै आक्रोश पोखेका छन् । उनले आफूमाथि लागेका आरोप प्रमाणित गर्न फेसबुकबाटै चुनौती समेत दिएका छन् ।

एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनपछि सचिव भएका भट्टमाथि स्थानीय तह निर्वाचन अघिदेखि नै नक्कली फेसबुक आइडी बनाएर दुष्प्रचार थालिएको थियो । स्थानीय तह निर्वाचनमा हारको दोष भट्टमाथि लगाएर उनलाई विवादित बनाउन थालिएपछि उनले आक्रोश पोखेका छन् ।

janjyoti campus

उनले पार्टी कब्जा गर्ने मनसाय पूरा नभएपछि अहिले घटिया हर्कत देखाउँदै दुष्प्रचार थालिएको फेसबुकमा उल्लेख गरेका छन् । उनले आफ्ना विरुद्धको दुष्प्रचार नरोकिए कानुनी सहायत लिन बाध्य हुने समेत जानकारी गराएका छन् ।

जिल्ला सचिव भट्टले आफू २६ वर्षदेखि दक्षिणी क्षेत्रमा एमाले राजनीतिमा सक्रिय भएको उल्लेख गर्दै नक्कली फेसबुक बनाएर दुष्प्रचार गर्दा केही फरक नपर्ने उल्लेख गरेका छन् ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले भट्टको टिकट खोसेर जिल्ला कमिटीको सिफारिशमै नपरेकी कमला बोहरालाई बेलौरीमा मेयरको उम्मेदवार बनाएको थियो ।

भट्ट २०७४ को निर्वाचनमा पराजित भएका थिए । यस पटक पनि उनी सहित तीन जनाको सिफारिश गरेको थियो । एमाले प्रदेश इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष दामोदर भण्डारीले बोहरालाई बालकोट बोलाएर टिकट दिएका थिए ।

ghar sansar
सम्बन्धित
Loading...