ghar sansar

बेलौरीका मेयर चौधरीको शिक्षामै यस्तो वेवास्ता, ऐन कार्यान्वयनका लागि अहिले पठाउन थाले पत्र

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी दोस्रो पटक मेयर निर्वाचित भएपछि शिक्षा सम्बन्धी ऐनका प्रावधान कार्यान्वयनका लागि अघि बढेका छन् । पाँच वर्ष नगर शिक्षा समितिको नेतृत्व गरि सकेका उनी यस सुरुदेखि ऐन कार्यान्वयनमा सक्रियता देखाउन थालेका छन् ।

शिक्षा ऐन २०२८ (संशोधन सहित ) १६ ग १ मा विद्यालयलाई सुरक्षित क्षेत्रको कायम गर्नु पर्ने उल्लेख छ । त्यस ऐनको प्रावधानका आधारमा नगरपालिकाले विद्यालयमा विद्यार्थीहरुलाई भय रहित र विद्यार्थीमैत्री वातावरणमा शिक्षण सिकाई गराउनु व्यवस्था मिलाउन नगरपालिका सबै विद्यालयमा पत्राचार गरेको छ ।

,orning glory badhai

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिला लेखकले बुधबार सबै विद्यालयलाई ऐनमा उल्लेखित प्रावधान कार्यान्वयनका लागि भनेर पत्र पठाएकी छन्.।

प्रमुख प्रशासकीय अधिकृत लेखकले पत्र पठाएपछि विद्यालयमा शिक्षकहरु आश्चर्यमा परेका छन् । उनीहरु शिक्षण संस्था शान्ति पूर्वक सञ्चालन भइ रहेका बेला नगरपालिकाले ऐन कार्यान्वयनका पठाएको पत्रले सशंकित हुन पुगेका छन् ।

dirghayi clinic

‘विद्यालयमा त्यस्तो अशान्ति त केही छैन, नगरपालिकाले किन यो पत्र पठायो होला, केही थाहा छैन’ नगपालिकाका एक सामुदायिक विद्यालयका शिक्षकले भने,‘यो पत्रले त झ कतै अशान्त पो छ कि भन्ने शंका लाग्यो, कनि यो पत्र पठायो होला, ऐन कार्यान्वयन गर्ने हो भने अहिलेसम्म किन मतलब नगरेका होला त ।’

पाँच वर्षसम्म मेयर चौधरी पाँच वर्षसम्म आफैं नगर शिक्षा समितिको अध्यक्ष भएका छन् । दोस्रो पटक जितेर आएपछि उनी ऐन कार्यान्वयनका लागि अघि बढेका छन् । चुनाव जिते पनि चौधरीले पाँच वर्षे कार्यकालमा नगरपालिकाको प्रशासन लथालिङ्ग बनेको थियो ।

पाँच वर्षमा सबैभन्दा बढी कार्यालय प्रमुख फेरिएर उनले नयाँ रेकर्ड नै बनाएका छन् । उप सचिव दरबन्दीका प्रमुख प्रशासकीय अधिकृतले आउनै नमानेपछि अहिले प्रशासकीय अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर कार्यालय सञ्चालन गरिएको छ ।

नगरपालिकाका शिक्षा शाखाका उप सचिवले समेत प्रमुख प्रशासकीय अधिकृत बन्न नमान्दा प्रशासकीय अधिकृत सुशिला लेखकलाई प्रमुखको जिम्मेवारी दिइएको छ । उनी नगरपालिकाकी सूचना अधिकारी पनि हुन् ।

Himal dental
सम्बन्धित
Loading...