महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले नगरलाई न्याय र मेलमिलापको नगरका रुपमा रूपान्तरण गर्न सबै मेलमिलापकतालाई भूमिका गर्न आग्रह गरेका छन् ।
भीमदत्तका मेलमिलापकर्ताले राखेको नगर प्रमुख र उप प्रमुखको सम्मान कार्यक्रममा उनले १९ वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने र जनतालाई घरमै न्याय र मेलमिलाप गराउने बताए ।
भीमदत्तका उप मेयर न्यायिक समिति संयोजक निलम लेखक जोशीले न्यायिक समितिले पूर्णता पाउन साथ मेलमिलाप केन्द्र स्थापना लगायतका कार्य अगाडि बढाउने बताइन् ।
भीमदत्त नगरपालिकाका १९ वडामा करिब ६० जना सूचीकृत मेलमिलापकर्ता छन् ।