ghar sansar

उल्टाखाम घट्नाको छानबिन गरी पीडितलाई न्याय दिन राना थारु समाजको माग, गृहमन्त्रीलाई बुझाइयो मागपत्र

महेन्द्रनगर । महेन्द्रनगर । नेपाल राना थारु समाज केन्द्रीय समिति कैलाली कञ्चनपुरले भीमदत्त नगरपालिका २ उल्टाखामा यौन दुव्र्यवहारपछि कुटपिट गरिएको घट्ना छानबिन गरी पीडित बालिकालाई न्याय दिन सरकारसंग माग गरेको छ । समाजले बिहीबार गृहमन्त्री बाल कृष्ण खाँणलाई ५ बुँदे मागपत्र बुझाएको हो ।

समाज केन्द्रीय अध्यक्ष कृपाराम रानाले कञ्चनपुर क्षेत्र नं. २ का साँसद नर बहादुर धामीको उपस्थितिमा मन्त्री खाँणलाई माग पत्र बुझाएका छन् । त्यसमा घट्नाको छानबिन, बालिकाको स्वास्थ्य उपचार र सुरक्षा, बालिकालाई उच्च शिक्षाको निःशुल्क व्यवस्था, बालिकाको भरणपोषण, सामाजिक सुरक्षा लगायतका माग राखिएका छन् ।

उल्टाखामकी ती ११ वर्षिया बालिकामाथि जेठ १० गते दिउँसो स्थानीय दिनेश मालीले यौन दुव्र्यवहार गरी कुटपिट गरेका थिए । मालीले घट्नापछि घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...