ghar sansar

नेपाली भूमि कब्जा गर्ने फेरि भारतीय प्रयास

दोधारा चाँदनीमा नेपाली भूमिमा वृक्षारोपण गर्न खोजियो, बेलौरीमा जग्गाधनी पूर्जा भएकै जमिनमा खेतीपाती लगाउन रोक

Amity

महेन्द्रनगर । दोधारा चाँदनी र बेलौरी नगरपालिकामा भारतले नेपाली भूभाग कब्जा गर्ने प्रयास फेरि दोहो¥याएको छ । दोधारा चाँदनीमा नेपाली भूमिमा आएर अतिक्रमण गरी वृक्षारोपण गर्न थालिएको छ । बेलौरी नगरपालिकामा स्थानीयको जग्गाधनी पूर्जा भएको जग्गामा खेतपाती गर्न रोक लगाएको छ ।

हुलाकी राजमार्गमा विवाद चर्किएर केही समयका लागि रोकिएको भारतीय अतिक्रमण फेरि एकाएक अघि बढेको हो । अहिले बेलौरी र दोधारा चाँदनी दुबै क्षेत्रमा एक साथ जग्गा कब्जाको प्रयास गरिएको छ । बेलौरी नगरपालिका १० सडकघाट खैरेनी टोलमा पूर्व वडा अध्यक्ष होरीलाल चौधरीलाई जग्गा खनेजोतमा रोक लगाएको छ । चौधरीसित १३ दशमलव ५ कट्टा जग्गाको पूर्जा छ ।

lotus institite

स्थानीयका अनुसार गुगल नक्सा अनुसार जमिन भारततिर परेको भन्दै खनजोतमा रोक लगाएको हो । सीमा सरोकार समूहका अध्यक्ष पल्लवराज भट्टले गुगल नक्साका आधारमा नेपाली भूमि कब्जाको प्रयास गर्न भारतीय हेपाहा प्रवृति र ज्यादती भएको बताए ।

‘होरिलाल चौधरीले बिना रोकटोक भोगचलन गर्न पाउनु पर्छ’ उनले भने, ‘सरकारले तत्काल आफ्ना नागरिकको रक्षा र सम्पत्ति को संरक्षण गरोस ।’

दोधारा चाँदनी नगरपालिका ३ जामुनाघारी स्थित नेपाल(भारत सीमा स्तम्भ नं. १४ नजिक भारतीयले वृक्षरोपण थालेका छन् । स्थानीयको विरोधपछि वृक्षारोपण कार्य रोकिएको छ । सशस्त्र प्रहरीले वृक्षरोपणको लागि लगाएका तारबार भत्काएर फालि दिएको छ ।

भारतीय वन विभागले उक्त क्षेत्रमा झण्डै २ सय बिगाहा चरिचरन क्षेत्रमा वृक्षारोपण अघि बढाएको हो । भारतीय पक्षले झण्डै ५ बिगाहा चरिचरन क्षेत्र आफ्नो बताउँदै वृक्षारोपण गर्न थालेको थियो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, वडा अध्यक्ष हरसिंह धनाडी, एमाले कञ्चनपुर जिल्ला सदस्य राजिव खड्का, सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबीस्थान) का सशस्त्र प्रहरी निरीक्षक चन्द्र देब भट्ट सहितको टोली सीमा क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

दोधारा चाूदनी नगरपालिका ३ का वडाध्यक्ष धनाडीले बुधबार बिहानदेखि भारती वन विभागले वृक्षरोपणको लागि खम्बा गाड्दै गरेको अवस्थामा स्थानिहरुको सहयोगमा उक्त कार्य रोक्ने काम भएको बताए ।

चरिचरनको रुपमा रहेको झण्डै ५ बिगाहा नेपाली भूमिलाई भारतीयले वृक्षारोपण गर्ने तयारीमा रहेको उनले बताए । ‘नेपाली भूमिमा वृृक्षारोपण गर्नका लागि खम्बा गाड्ने कार्य अघि बढाएका थिए, हामीले रोक्यौ’ उनले भने  । जामुनाघारीको नेपाल(भारत सीमा क्षेत्रमा भारतीय वन विभागले ठूलो मात्रामा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ ।

भारतीयले सीमा क्षेत्रमा रहेको जामुना आधारभूत विद्यालयलाई समेत आफ्नो देशको बिद्यालय भन्न थालेको स्थानियले बताए ।

जामुनाघारीको सिमा क्षेत्रमा बुधबार बिहान देखि भारतीय पक्षले नेपाली भुमी कब्जा गर्ने प्रयास गरिएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट देबीस्थानको टोली मध्यरातसम्म उक्त क्षेत्रमा गस्तीमा खटिएको थियो ।

भारतीयले सीमा क्षेत्रमा रहेको भूमिमा वृक्षारोपण गर्न प्रयास गर्दै गर्दा सो क्षेत्र तनाव देखिएको स्थानीय बताउँछन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी निरीक्षक चन्द्र देब भट्टले नेपाली भुमीमा भारतीयले गाडेको ७ वटा पोल (खम्बा) उखेलेर फालेको बताए ।

दोधारा चाूदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले सिमा क्षेत्रको अवस्था बुझ्न जामुनाघारी पुगेर स्थालगत अनुगमन गरेका छन् । उनले सीमा क्षेत्रमा नेपाली भूमी अतिक्रमण गर्ने प्रयास गरिएकाले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने बताए ।

Himal dental
सम्बन्धित
Loading...