ghar sansar

सीमा अतिक्रमणमा सत्ता पक्ष किन छ मौन ?

khasi

महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जनप्रतिनिधि र नेता कार्यकर्ता दोधारा चाँदनी र बेलौरी नगरपालिकामा भारतीय अतिक्रमणका विरुद्ध देखिएका छन् । ती दुबै नगरपालिकामा भारतीय अतिक्रमणलाई लिएर उनीहरु सरकारमाथि दबाव बढाउन लागेका छन् ।

दोधारा चाँदनीमा मेयर किशोर कुमार लिम्बु र वडा अध्यक्ष हरि सिह धनाडी जमुनाघारीस्थित अतिक्रमित क्षेत्रमा पुगेका छन् । मेयर लिम्बुले प्रमुख जिल्ला अधिकारीलाई अतिक्रमण रोक्न आग्रह गरि सकेका छन् । वडा अध्यक्ष धनाडीको अगुवाईमा स्थानीय अतिक्रमण विरुद्ध उभिएपछि तत्काललाई काम रोकिएको छ ।

एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टले दोधारा चाँदनीको जमुनाघारी र बेलौरी नगरपालिकाको खैरीघाटमा पूर्जावाल जग्गा खनजोतमा लगाएको भारतीय रोकप्रति आपत्ति जनाएका छन् । उनले यसलाई भारतको हेपाहा प्रवृत्ति भनेर आलोचना गरेका छन् ।

सीमा सरोकार समूहका अध्यक्ष भट्ट यस अघि पनि सीमा अतिक्रमण लगायत सीमा क्षेत्रका समस्याका मुद्दा उठान गर्दै आएका छन् । उनी यस अघि सीमा समस्या समाधानका लागि प्रधानमन्त्रीसम्म ज्ञापन लिएर पुगेका थिए ।

बेलौरी नगरपालिका १० सडकघाट खैरेनी टोलमा पूर्व वडा अध्यक्ष होरीलाल चौधरीलाई जग्गा खनेजोतमा रोक लगाएको छ । चौधरीसित १३ दशमलव ५ कट्टा जग्गाको पूर्जा छ ।

स्थानीयका अनुसार गुगल नक्सा अनुसार जमिन भारततिर परेको भन्दै खनजोतमा रोक लगाएको हो । सीमा सरोकार समूहका अध्यक्ष पल्लवराज भट्टले गुगल नक्साका आधारमा नेपाली भूमि कब्जाको प्रयास गर्न भारतीय हेपाहा प्रवृति र ज्यादती भएको बताए ।

dirghayi clinic

‘होरिलाल चौधरीले बिना रोकटोक भोगचलन गर्न पाउनु पर्छ’ उनले भने, ‘सरकारले तत्काल आफ्ना नागरिकको रक्षा र सम्पत्ति को संरक्षण गरोस ।’

दोधारा चाँदनी नगरपालिका ३ जामुनाघारी स्थित नेपाल(भारत सीमा स्तम्भ नं. १४ र १५ को बीचमा पर्ने क्षेत्रमा भारतीय पक्षले एकाएक वृक्षारोपण गर्न थालेपछि विवाद देखिएको छ ।

 

स्थानीयको विरोधपछि वृक्षारोपण कार्य रोकिएपछि मेयर लिम्बु सहित वडा अध्यक्ष धनाडी, एमाले नेता राजिव खड्का, सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबीस्थान) का सशस्त्र प्रहरी निरीक्षक चन्द्र देब भट्ट सहित त्यहाँ पुगेर स्थलगत निरीक्षण गरेका छन् ।

प्रतिपक्षी दलले सीमा अतिक्रमणका लागि आवाज उठाउँदा सत्ता साझेदार दल भने मौन देखिएका छन् । अहिले सत्ता साझेदार काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भारतीय अतिक्रमण विरुद्ध मौन बसेका छन् । ती दलका दलका नेता कार्यकर्ताले अहिलेसम्म फेसबुकमा समेत अतिक्रमण विरुद्ध मुख खोलेका छैनन् ।

बेलौरी नगरपालिकामा सत्ता गठबन्धन आवद्ध माओवादी केन्द्रका पोतिलाल चौधरी मेयर छन् । भारतीय पक्षले स्थानीयलाई खनजोतमा रोक लगाएको बेलौरी नगरपालिका ९ मा पनि माओवादी केन्द्रले जितेको थियो । माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष पनि भारतीय पक्षको अवरोधमा मौनता साँधेर बसेका छन् ।

एमाले नेता कार्यकर्ताले फेसबुकमा लेखेर सरकारमाथि दबाव बढाएका छन् । दोधारा चाँदनी र बेलौरी नगरपालिकाको स्थानीय सरकारमा काँग्रेस प्रतिपक्षमा छ । स्थानीय सरकारको प्रतिपक्षमा भएर पनि काँग्रेसलाई अतिक्रमण विरुद्ध मुख खोलेको छैन ।

सीमा सरोकार समूहका अध्यक्ष भट्ट भन्छन्,‘१४ देखि सीमा स्तम्भ न. १५ को बिचमा जङ्गल क्षेत्र भएकाले सिमांकन गरिएको छैन । १५ न. पिल्लर वडा न. ७ को कन्जभोजमा छ । १४ न. देखि झण्डै ७ सय मिटर बिचको जङ्गल क्षेत्रमा सिमा सर्भे टोलीको सहभागिता बिना भारतीय पक्षले एकतर्फी सिमांकन गरी तारबार गर्नु र हाम्रो सरकारी पक्षले मौन स्विकृति दिनु गम्भीर बिषय हो ।’

Himal dental
सम्बन्धित
Loading...