बुष्टर डोज लगाएर महिलाको मृत्यु भएपछि बागफाँटाको स्वास्थ्य केन्द्रमा तालाबन्दी

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयले तालाबन्दी गरेकी छन् । बुष्टर डोज खोप लगाएर चार दिन अघि स्थानीय २० वर्षिया गंगा रानाको मृत्यु स्वास्थ्यकर्मीको लापरवाही भएको भन्दै तालाबन्दी गरिएको छ ।

मृतक परिवार र आफन्तले स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको जनाउँदै क्षतिपर्ति दिन माग गरेका छन् । उनीहरु भीमदत्त नगरपालिका आएर पनि माग राखेका छन् । स्थानीयले खोप म्याद सकिएको हुन सक्ने आशंका पनि गरेका छन् ।

गंगाका श्रीमान रवी मजदुरी गर्दै घर परिवार चलाउँदै आएका छन् । स्वास्थ्य केन्द्र बागफाँटाका इन्चार्ज उर्मिला जोशीले गंगा बिहान खोप लगाउनका लागि राम्रो अवस्थामा आएको बताईन ।

गंगाको मृत्यु प्रकरणबारे स्वास्थ्य कार्यालय, भीमदत्त नगरपालिका पन्छिन खोजेका छ । उनीहरुले अहिले नै आधिकारिक जवाफ दिन नसकिने बताईरहेका छन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.