दोधारा चाँदनी नगरपालिकाका विषयत समितिमा जिम्मेवारी बाँडफाँट, वडा अध्यक्ष वस्नेतलाई दिइयो नगर प्रवक्ताको जिम्मेवारी
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका नगर कार्यपालिकाले विषयतगत समिति समिति सहित नगर प्रवक्ताको जिम्मेवारी बाँडफााट गरेको छ । नगर कार्यपालिकाको बैठकले ६ नम्बरका वडा अध्यक्ष ओंम बस्नेतलाई नगर प्रवक्ता चयन गरिएको छ ।
यस अघि पनि ६ नम्बर वडाका अध्यक्ष दिल बहादुर सिजाली नगर प्रवक्ता थिए । उनी वस्नेतसित अध्यक्षमा पराजित भएका छन् । एमाले सम्बद्ध अखिलका पूर्व जिल्ला अध्यक्ष वस्नेत दोधारा चाँदनी नगर कमिटीका उपाध्यक्ष हुन् ।
नगर कार्यपालिका बैठकले वडा नं. ३ का वडा अध्यक्ष हरि सिंह धनाडीलाई विधान समितिको संयोजक बनाएको छ । समितिमा दिपक सिंह महता र लोकेन्द्र बहादुर चन्द सदस्य छन् ।
लेखा समितिमा वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया र सदस्यमा दिनेश थापा मगर, संदिप उपाध्याय चयन भएका छन् । यस्तै न्यायिक समितिका संयोजकमा दोधारा चाँदनी नगरपालिकाका नगर उप प्रमुख गंगा जोशी र सदस्यमा कमला उपाध्याय, सिता बिष्ट रहेका छन् ।
आर्थिक तथा विकास समितिको संयोजकमा वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री र सदस्यमा वडा नं. ९ का वडा अध्यक्ष गोपीलाल कडेंल, मिना धामी छन् । सामाजिक विकास समितिको संयोजकमा वडा नं. ८ का वडा अध्यक्ष ओंमप्रकाश रोकाया र सदस्यमा वडा नं. ६ का वडा अध्यक्ष ओंम बस्नेत, वडा नं. २ का वडाध्यक्ष पदम सिंह रावल चयन गरेको छ ।
पूर्वाधार विकास समितिका संयोजकमा वडा नं. १ का वडाध्यक्ष बिक्रम चन्द र सदस्यमा गिता मिजार (कुमाल), मानमती भट्ट छन् । यस्तै वातावरण तथा बिपद् व्यवस्थापन समितिको संयोजकमा पदम सिंह रावल र सदस्यमा टिकाराम सार्की, लक्ष्मी राना क्षेत्री रहेका छन् ।
संस्थागत बिकास तथा सुशासन समितिको संयोजकमा वडा नं. ५ का वडाध्यक्ष केशव खत्री र सदस्यमा सेते सुनार, पार्वती सुनार चयन भएका हुन् ।