ghar sansar

दोधारा चाँदनीको जमुनाघारीमा भारत अतिक्रमित भूमिमा काँग्रेसको टोली पुग्यो, नगर सभापति मल्ल भन्छन्– यो भारतको विस्तारवादी प्रवृत्ति हो, रोक्न पहल गर्छौ

khasi

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिका ३ जामुनाघारीमा भारतीय पक्षले जग्गा अतिक्रमण गर्ने प्रयास गरेको सिमा क्षेत्रमा नेपाली काग्रेंसले स्थालगत अनुगमन गरेको छ ।

काग्रेंस दोधारा चाँदनी नगर कार्यसमिति सम्मलित एक टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारी नजिक नेपाल–भारत सिमा क्षेत्रका स्थालगत अनुगमन गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापति राजेन्द्र मल्लले बताए ।

dirghayi clinic

अनुगमनमा नेपाली काग्रेंस प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्ट, नेपाली काग्रेंस महाधिबेशन प्रतिनिधी बेल बहादुर राना, जिल्ला कार्य समिति सह–सचिव नाफु सिंह साँउद, नेपाली काग्रेंस जिल्ला सदस्य धनसरा चन्द, मथुरा पन्त, नगर सभापती राजेन्द्र मल्ल लगाएत टोली रहेका थिए ।

स्थलगत अनुगमनमा स्थानियहरु तथा सुरक्षाकर्मीसंग अतिक्रमण प्रयास भएको जग्गा बारेमा जानकारी लिएका थिए । गएको बुधवार नेपाल–भारत सिमा स्तम्भ नं. १४ नजिक भारतीयले वृक्षारोपण गर्ने क्रममा नेपाली भुमीमा बृक्षरोपण कार्य अघि बढाएपछि स्थानिय, सशस्त्र प्रहरी तथा जनप्रतिनिधिले विरोध जनाउँदै रोकेका थिए ।

भारतीय पक्षले आफ्नो भू–भाग भन्दै झण्डै ५ विगाहा नेपाली जग्गामा वृक्षारोपण गर्न तारबारको लागि खम्बा गाडेपछि विवाद सृजना भएको थियो ।

स्थानिय तथा सशस्त्र प्रहरीले नेपाली भुभागमा गाँडिएको खम्बा उखेलेर फ्याकि दिएका थिए । नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापति मल्लले भारतीयको विस्तारवादी प्रवृत्ति रहेको हँुदा काँग्रेसले जग्गा अतिक्रमण रोक्न पहल गर्ने बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...