ghar sansar

लाचार सरकार : लालपुर्जा भएको खेत जोत्न पनि एसएसबीसित सहमति

little buddha academy
khasi

महेन्द्रनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बेलौरी नगरपालिका–१० सडक घाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ ।

शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो ।
दुवै देशका सर्भे टोलीले अनुगमन नगर्दासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताए ।

,orning glory badhai
dirghayi clinic

उनले भने, ‘सर्भे टोलीले अनुगमन गरेर समस्या समाधान नगर्दासम्म लालपुर्जा भएका नागरिकलाई जोत्न दिने सहमति भएको छ। अब नेपाली नागरिकले आफ्नो भूमि जोत्न पाउँछन् ।’

छलफलमा सशस्त्र प्रहरीका एसपी अमरबहादुर ऐर नेतृत्वको टोली र एसएसबी ३९ नं. बटालियनका प्रमुख गोविन्द भण्डारी नेतृत्वको टोली सहभागि थियो ।

बुधवार ट्याक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई वर्षौदेखि भोगचलन गर्दै आएको जग्गामा एसएसबीले खेत जोत्न नदिई फर्काएपछि विवाद उत्पन्न भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...