ghar sansar

अत्यधिक गर्मी बढेपछि भीमदत्तमा विद्यालय बन्द

महेन्द्रनगर । अत्यधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालय सहितको सहमतिमा मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले गर्मीका कारण विद्यार्थी र शिक्षक कर्मचारीको स्वास्थ्यलाई पर्ने असरलाई मध्यनजर गरी विद्यालय बन्द गरिएको बताए ।

mantra hos123

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र भीनपाको प्रमुख उप प्रमुखको सचिवालयलाई विद्यालय बन्दको जानकारी गराएको छ ।

Himal dental
सम्बन्धित
Loading...