पप्पु गुरुङ्ग
दोधारा । देह व्यापारमा संलग्न भनी विगतमा होच्याईएका र थिचोमिचोमा पारिएका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, उनीहरुको वालवालिकाहरुलाई शिक्षा, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम अझै पनि जस्ताकै त्यस्तै छ ।
विगतमा समाजबाट हेपिएका बादी समुदायको सामाजिक विकास, शिक्षा र रोजगार मूलक गतिविधीमा जस्ताको तस्तै र समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन नभएको दोधारा चा“दनी नगरपालिकाको वडा नं. ३ बडवाल टोलमा बसोबास गर्ने बादी घर परिवार ज्वलन्त उदाहरण हो ।
दोधारा चा“दनी नगरपालिकामा बसोबास गर्दै आएको बादी घरपरिवार उनिहरु रोजगारीको लागी जहान परिवारसंग भारतमा गएर ज्याला मजुरी गर्न बाध्य भएका छन् । उनीहरुको अधिकांश नानीहरु शिक्षाबाट पुर्ण रुपमा बन्चित रहदै आएका छन् । नेपाल सरकारले दलित तथा उत्पीडित समुदायको लागी बिभिन्न कार्यक्रम ल्याएको घोषणा गरेता पनि दोधारा चादनी नगरपालिकामा बसोबास गर्ने बादी घरपरिवारको लागी ‘आकाशको फल आ“खा तरि मर’ भन्ने बाहेक केही भएको छैन् ।
यो समुदायले देहव्यापार अहिले चटक्कै छोडिसकेको पाईएपनि खाना, बस्नको समस्याकै कारण उनिहरु फिरन्ते जिवन बिताउदै आएका छन् । बडवाल टोलका बादी समुदायहरुले आफ्ना केटाकेटीहरुको शिक्षा दिक्षाको लागी चा“सो नदिदा उनिहरुका वालवालीकाहरुको भविष्य विग्रदै गएको छ् ।
दोधारा चादनी नगरपालिका–३ बडवाल टोलका झण्डै २ दर्जन भन्दा बढी बादी समुदायका वालवालीकाहरु बिद्यालय जादै गर्दा उनिहरु बिद्यालय जान मात्रै भएको छ् । न उनिहरु संग कापीनै छ न कलमनै । बादी समुदायमा वालवालीकाहरुका लागी पढ्नै वातावरण नहुनु र अभिभावकहरुले केटाकेटीहरुको पढाई गर्नु पर्छ भन्ने मानसिकता नहुदा बादी बालवालीकाहरु साधारण शिक्षावाट समेत बन्चित हुने अवस्थानै छ् ।
बादी बस्तीमा स्कुल उमेरका थुपै वालवालीका बिद्यालयका जानको साटो खोलाका किनारमा माछा मार्ने, गुलेली खेलेर चरा मार्ने र दिनभरी बजारमा डुलेर दिन काट्ने, आफ्ना अभिभावक संग गा“उ बस्तीमा चाहारेर मागी खाने जस्ता काम गरेको देखीन्छ् । ‘बादी वालवालीकाहरुमा विद्यालयमा जाने प्रति खासै चा“सो छैन्’ स्थानियहरु भन्छन् ।
बादी घरपरिवारहरु कहिले रोजगारीको लागी छिमेकीमुलुक भारत जाने कहिले फर्कने गर्दा उनिहरुको वालवालिका बिद्यालयबाट बन्चित हुदै आएका छन् । उनिहरुका अभिभावकहरुलाई समेत आफ्नो वालवालिका बिद्यालय जानुपर्छ भन्ने चिन्ता समेत देखिदैन् ।
बादी घरपरिवारलाई आफ्ना वालवालिकाहरुलाई बिद्यालय नपठाउनको कारण सोध्दा आर्थिक अभावनै भन्ने गरेका छन् । ‘सा“झ बिहान एक छाक खानको लागी रासन छैन कसोरी वालवालिकाहरुलाई बिद्यालय पठाउने ?’ बादीहरु बताउछन्– ‘कमाउनको लागी कहिले भारत जहान परिवार संग जानु पर्छ, बसाईको समेत ठेगाना हुदैन्, कसोरी नानीहरु ीनरन्तर बिद्यालय पठाउने?’ बादी परिवारको अभिभावकहरुको बेवास्था, आर्थिक कठिनाई र जनचेतना नभएर बादी समुदायका वालवालिकाको भविष्य बिग्रदै गएको बताईन्छ् ।
बडवाल टोलका बिक्की बादी–१०, रितु बादी–७, दिपक बादी–१४, खुशी बादी–७, अखिल बादी–७, बिराज बादी–३, बिकास बादी–८, तुल्सी बादी–१०, सपना बादी–१०, दिपक बादी–१५, रेखा बादी–१२, गिता बादी–७, उषा बादी–१४, उपेन्द्र बादी–११, अभिशेषक बादी–६, निशा बादी–१७, शुशिल बादी–१७, गंगा बादी–७, राज बादी–१५, शुशिल बादी–३, भुपेन्द्र बादी–५, शुशिल बादी–४, पुजा बादी–१३, आरती बादी–११ वर्ष लगाएत बादी बालवालिका बिद्यालय जान खासै रहर देखाउदैन् ।
शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो, अनिवार्य नि शुल्क आधारभुत शिक्षा राज्यको नारा छ् । नेपालको संबिधान २०७२ ले समेत बालबालिकाको हक अन्र्तगत शिक्षा प्राप्त गर्ने अधिकारलाइ अनिवार्य भनेको छ् । दोधारा चा“दनी नगरपालिकाका बादी समुदायका अधिकाशं बालबालिका राज्यले अनिवार्य र निशुल्क गरेको आधारभुत शिक्षाको पहुचबाट समेत बञ्चित रहनु दुखद हो ।
बेलाबखत देशभरी भब्यताका साथ वाल दिवस मनाईरहदा यो समुदायका बालबालिकाहरुको पिडा निकै पृथक छ् । बिडम्बना बालबालिकाहरु अभिभाबक संगै गा“उ बस्ती चहारेर मागी हिड्ने, माछा मार्ने, गिट्टी कुट्न, बालुवा बोक्न जान्छन, तर बिद्यालय रहर गर्दैैन् ।
शिक्षा क्षेत्रका समाजिक अभियान्ता तथा स्थानिय सरकारलाई बडुवाल टोल बस्तीको तस्बिरले सधै गिज्याइरहेको हुन्छ् । बिद्यार्थी भर्ना अभियानमा सतप्रतिशत बिद्यार्थी नियमित आधारभुत शिक्षा आर्जन गरीरहेको भनी तथ्यांक तयार पारिन्छ् । तर बिडम्बना यो बस्तीका अधिकाशं बालबालिकाहरुले बिद्यालय जानु पर्छ भन्ने खासै उत्सुकता देखिदैन् ।
नेपालको संबिधानमा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वाङ्गीण ब्यक्तित्व बिकासको हक हुनेछ भनेर स्पष्ट उल्लेख गरीएको छ् । तर ब्यवहारीकता र वास्तबिकतामा आकाश जमिनको फरक छ् ।
बस्ती वरिपरिका बालबालिकाहरु सधै हातमा कापी कलम समाएर विद्यालय जादै गर्दा बादी समुदायका बालबालिकाहरु माछा मार्न, गिट्टी कुट्न, पौडी खेल्दै जगबुडा नदी किनार तर्फ लाग्छन् । साथै कम उमेरमा बिबाह गरेर धेरै बच्चा जन्माउने यो समुदायका मानिसको भरपर्दो आय श्रोतको माध्यम केहि पनि छैन् ।
त्रिपालमुनी बसोबास गर्दै आएका बादी घरमा फोहोर मैला र दुर्गन्ध मात्रै भेटिन्छ् । यो समुदायमा अशिक्षा, बेरोजगारीकै कारण बिकृति बिसंगतिले समेत जरा गाडेर बसेको छ । बादी समुदायको अवस्था निकै दयनिय छ, राज्यले लगानी गरेपनि बालुवामा पानी हाले जस्तै हुने गरेको छ् ।
त्यसकारण अवका दिनहरुमा स्थानिय सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गरेर यो समुदायका बालबालिकाहरुलाइ शिक्षा, दिक्षा र बेरोजगारलाई स्वरोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनाउनु आवश्यक छ ।