दोधारा चाँदनी नगरपालिकाले हावा हुरी पीडितलाई राहत दिने
दोधारा । दोधारा चादनी नगरपालिकाले हावाहुरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने भएको छ । दोधारा चादनी नगरपालिका कार्यपालिकाको बसेको आजको बैठकले गएको २ गते आएको हावाहुरीले प्रभावित भएका घरपरिवारलाई दोधारा चा“दनी नगरपालिका कार्यालयले प्रति घरपरिवार रु. ५ हजार प्रदान गरिने निर्णय गरिएको छ् ।
‘मिति २०७९÷२÷२ गतेको दिन आएको हावाहुरीको कारण घरगोठमा क्षती पुगेको वडा कार्यालयको सिफारिस र प्रहरी सर्जिमिनको आधारमा दोधारा चा“दनी नगरपािलका वडा नं. १ का आयासा सुनार, वडा नं. २ का सरु देबि सार्की, मानमती बोहरा, वडा नं. ३ का शेर बहादुर सुनार, वडा नं. ४ का कला देबि सुनार, मानमती दमाई, मोहन सिंह, वडा नं. ५ का तर्कराज पन्त, अहिल्या देबि भट्ट, गंगा देबि सुनार र मानदेबी सुनार, वडा नं. ६ का सुरत राम महरलाई दोधारा चा“दनी नगरपालिकाको बिपद् ब्यवस्थापन कोषबाट भुक्तानी हुने गरि प्रति घर रु. ५ हजार राहत रकम उपलब्ध गारउने निर्णय गरिएको छ’ दोधारा चा“दनी नगरपालिका कार्यपालिकाको आजको बैठकको निर्णयमा भनिएको छ ।