विद्यालय परिसरमा सरसफाई

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालय परिसरमा आइतवार सरसफाई गरिएको छ । विश्व वातावरण दिवसका अवसरमा विद्यालय परिसरमा सरसफाई गरिएको हो ।

वडा अध्यक्ष, सदस्य र विद्यालयका अभिभावकहरुको सहभागीतामा सरसफाई कार्यक्रम गरिएको स्थानिय भोजराज पन्तले बताए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्षले विद्यालयकै पूर्व विद्यार्थी भएकाले विद्यालयबाटै सरसफाई कार्यक्रमको शुरुवात गरेको बताए । वडाका अन्य क्षेत्रमा समेत स्थानिय बासिन्दाको सहभागीतामा सरसफाई कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाईने उनले बताए ।

Sisu
सम्बन्धित
Loading...