भीनपा १३ का निवर्तमान अध्यक्ष शाही भन्छन्– आफ्नो सन्तान विद्यालय पढाउँदैन, अनि किन चिन्ता गर्नु प¥यो त ?

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ का निवर्तमान वडा अध्यक्ष लाल बहादुर शाहीले आफ्ना सन्तान बाहिर पढाउनेलाई विद्यालयको सबैभन्दा बढी चिन्ता लागेकोमा आश्चर्य व्यक्त गरेका छन् । विद्यालयमा आफ्नो सन्तान नपढाउनेले अरुको चिन्ता गर्न व्यर्थै भएको समेत बताएका छन् ।

भीमदत्त नगरपालिका १३ स्थित सिद्धनाथ माध्यमिक विद्यालयका लागि गैर अभिभावकबाट गरिएका चिन्तालाई कटाक्ष गर्दै निवर्तमान अध्यक्ष शाहीले यस्तो भनेका हुन् । उनले विद्यालयको चिन्ता गरी त्यसबारे बोल्नेका सन्तान विद्यालय नपढ्ने फेसबुकमा उल्लेख गरेका छन् ।

निवर्तमान अध्यक्ष शाहीका अनुसार विद्यालयका शिक्षक कर्मचारीदेखि जनप्रतिनिधि र लेखनदानका सन्तान विद्यालय बाहिर पढ्ने गरेका छन् । आफ्नो छोरा छोरी बाहिर पढाएर सरकारी मानोका खाएका कारण उनीहरुमा चिन्ता देखिएको अध्यक्ष शाहीको भनाई छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.