अत्यधिक गर्मीले बेदकोटमा पनि विद्यालय बन्द

महेन्द्रनगर । बेदकोट नगरपालिकामा अत्यधिक गर्मी बढेपछि मंगलबारदेखि शुक्रबारसम्म शिक्षण संस्था बन्द गरिएका छन् । गर्मी बढेर पठनपाठनमा समस्या देखिएपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले अत्यधिक गर्मीले पठनपाठन प्रभावित र अभिभावकबाट समेत माग गरिएकाले विद्यालय बन्द गरिएको जानकारी दिए ।

deepak

गर्मीका कारण विद्यालय बन्द गरिएका विदा लामो विदा मिलानबाट गर्ने गरी बन्द गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र बेदकोटको मेयर उप प्रमुखको सचिवालयलाई विद्यालय बन्द गरिएको निर्णयबारे जानकारी गराएको छ ।

भीमदत्त नगरपालिकाले आइतबार नै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । अन्य स्थानीय तहले भने विद्यालय बन्द गर्ने निर्णय गरेका छैनन् ।

सम्बन्धित
Loading...