ghar sansar

बेदकोटका जनप्रतिनिधिले व्यर्थैमा बिताए पाँच वर्ष, अहिले पनि पढाई छाडेर पानी भर्न जान्छन् विद्यार्थी

ओमप्रकाश पाण्डेय
महेन्द्रनगर । बेदकोट नगरपालिका २ जडेपानी, चाँदनीफाँटास्थित सरस्वती आधारभूत विद्यालयमा विद्यार्थीका लागि खानेपानीको समस्या भएको छ । गर्मी याममा विद्यार्थीलाई झन बढी पानीको आवश्यकता पर्ने समयमा विद्यालयमा भएका नल तथा धाराको उचित व्यवस्थापन गर्न नसक्दा विद्यार्थी खानेपानीका लागि विद्यालय नजिकका घरमा पुग्नु पर्ने बाध्यता छ ।

शिक्षक कर्मचारीका लागि कार्यालय सहयोगीलाई विद्यालय नजिकैको घरबाट बाल्टिनमा पानी बोकेर ल्याइने गरेको भएपनि विद्यार्थीहरु भने खानेपानी खोज्दै पढाई छोडेर विद्यालय नजिकका घरघरमा जानु पर्ने बाध्यता छ ।

mahostaw

विद्यालयमा खानेपानी ट्यांकी निर्माण गरिएको भए पनि त्यसबाट खानेपानीको आपूर्ति नभई रहेको हो । यस्तो चर्काे गर्मी याममा विद्यालयमा खानेपानी नहँुदा आफूहरु पानी पिउनकै लागि पढाई छोडेर गाउँका घरमा पुग्नु पर्ने बाध्यता रहेको विद्यार्थी बताउँछन् ।

त्यसरी पानी पिउन जादा कतिपय घरमा समेत नल सुकेको पाइने हुदा झनै समस्या हुने गरेको विद्यार्थीहरुको गुनासो छ । सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीर बहादुर ऐरले भने केही दिनमा खानेपानीको समस्या समाधान हुने बताए ।

सामाग्रीहरु मगाइएको र खानेपानीको समस्या समाधानका लागि पहल भई रहेको दाबी गरे । तर यता स्थानीयले भने विद्यार्थीको खानेपानीको समस्या समाधान गर्नका लागि हप्तौसम्म पहल नगर्नु विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन तथा अन्य सरोकारवालाहरुका लागि दुःखद भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...