ghar sansar

दोधाराको प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीलाई राजनीति छाडन् दुई हप्ताको अल्टिमेटम, नछाडे कारवाही गर्ने चेतावनी

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी ५० शैयाको अस्पतालमा बदलिने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको आज बसेको बैठकले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी ५० शैयाको अस्पाल बनाउने निर्णय गरेको हो ।

dirghayi clinic

प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष तथा दोधारा चादनी नगरपालिकाका नगर प्रवक्ता ओंम बस्नेतले नगरपालिका क्षेत्रमा रहेको एक मात्रै स्वास्थ्य संस्थामा शैय्या सहितका सुविधा थप गरी अस्पताल बनाउने निर्णय गरिएको जानकारी दिए ।
टाढा गएर महंगो अस्पतालमा उपचार गर्ने समस्या हल हुनेमा विश्वास लिईएको छ ।

‘दोधारा प्राथमिक स्वास्थ केन्द्र व्यवस्थापन एवम् सञ्चालन समितिद्वारा बसेको बैठकमा यस प्राथपमक स्वास्थ्य केन्द्र दोधारालाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेर सिफारिश गरियो र यस दोधारा प्राथमिक स्वास्थ केन्द्रमा राजनीति गर्ने कर्मचारीलाई २ हप्ता भित्र राजीनामा पेश गर्ने र अब उप्रान्त राजनीतिमा सक्रिय रहेमा कारवाही अघि बढाउने निर्णय गरियो’ निर्णयमा भनिएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले गरेको निर्णय स्वागतयोग्य भएको स्थानियहरुले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...