ghar sansar

भारतीय वन विभागले अतिक्रमणको प्रयास गरेको नेपाली भूमिमा दुई देशका अधिकारीको निरीक्षण

khasi

पप्पु गुरुङ्ग
दोधारा । भारतीय वन विभागले वृक्षारोपणको प्रयास गरी विवादित बनाएको दोधारा चाँदनी नगरपालिका ३ जमुनाघारीस्थित नेपाली भूमिमा बुधबार नेपाल र भारतका अधिकारी पुगेका छन् । उनीहरुले विवादित भूमिमा स्थलगत निरीक्षण गरेका छन् ।

भारतीय वन विभागले केही दिन अघि सीमा स्तम्भ नं. १४ र १५ को बिचमा पर्ने तीन बिगाहा नेपाली भूमिमा वृक्षारोपणका लागि तारबार र पोल गाडेपछि विवाद देखिएको थियो । त्यसपछि दुबै देशले छलफल गरी तत्काललाई वृक्षारोपण नगर्ने सहमति गरेका थिए ।

Anant bahu travels
dirghayi clinic

वृक्षारोपण नगर्ने सहमति गरिएको तीन दिनपछि सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारी, प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक बीर सिह धामी र भारतबाट एसएसबीका बृजपाल सिह नेगी, वन रेन्जर राजेन्द्र मनरल लगायतले स्थलगत निरीक्षण गरेका छन् । उनीहरुसंगै दोधारा चाँदनी नगरपालिका ३ का अध्यक्ष हरि सिह धनाडी पनि सहभागी भएका छन् ।

भारतीय वन विभागले पोल गाडेपछि धनाडीको अगुवाईमा स्थानीयले विरोध गरी काम रोक्न लगाएका थिए ।

Himal dental
सम्बन्धित
Loading...