ghar sansar

कृष्णपुरका मेयरले फेसबुकबाट दिए विद्यालय बन्दको जानकारी, अझैंसम्म नगरपालिकाको वेवसाइडमा राखिएको छैन आधिकारिक सूचना

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले नगरपालिका सबै विद्यालय गर्मीका कारण बन्द गरिएको जानकारी दिएका छन् । उनले फेसबुकमा जेठ २७ गतेसम्म विद्यालय बन्द गरिएको जानकारी गराएका छन् ।

अत्यधिक गर्मीमा पनि कृष्णपुर सहित केही स्थानीय तहमा विद्यालय बन्द नभएको समाचार आएपछि उनले त्यसलाई खण्डन गर्दै विद्यालय बन्द गरिएको जानकारी गराएका छन् । मेयर ओझाले समाचार लेख्दा विश्वसनीय तरीकाले लेख्न पनि पत्रकारलाई सुझाव दिएका छन् ।

lotus institite
daimond public

मेयर ओझाले फेसबुकबाट विद्यालय बन्दको जानकारी गराए पनि अहिलेसम्म आधारिक रुपमा विद्यालय बन्द गरिएको सूचना सार्वजनिक गरिएको छैन ।

नगरपालिकाले अहिलेसम्म आफ्नो वेवसाइडमा विद्यालय बन्दको सूचना समेत राखेको छैन । कृष्णपुर नगरपालिकाको वेवसाइडमा बैशाख १७ गतेदेखि सूचना अपडेट गर्न छाडिएको छ ।

अत्यधिक गर्मीका कारण विद्यालय बन्द गरेका भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाले आ–आफ्नो वेवसाइडमा विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचना राखेका छन् । भीमदत्तले सबैभन्दा पहिला जेठ २३ गते गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...