बजेट कटौती गरिएको भन्दै भीनपा १८ का वडा अध्यक्ष असन्तुष्ट

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र देबकोटाले आगामी आर्थिक वर्षका लागि वडा बजेट सिलिङ्गमा असन्तुष्टि व्यक्त गरेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षको तुलना बजेट कटौती गरी सिलिङ्ग पठाएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

‘आगामी आर्थिक बर्षका लागि नगरपालिकाले बजेट घटाएर पठाएको छ, ‘उनले भने, ‘काम कसरी गर्ने होला ।’ चालु बर्षमा १ करोड ४९लाख भन्दा बढि बजेट भएपनि आगामी आर्थिक बर्षमा झण्डै ३३ लाख कम बजेट दिएको बताए ।

deepak

‘ठूलो वडा जनसंख्या पनि बढि छ, ‘उनले भने, ‘सोही अनुरुपातमा दिनुपर्ने बजेट दिएन, कार्यपालिका र नगर सभामा कुरा राख्छु ।’ उनले बजेट बृद्धिको माग अघि सारेका छन् ।

सम्बन्धित
Loading...