ghar sansar

वडा अध्यक्ष भएको ३० वर्षपछि वडा सदस्य जितेर समन्वय प्रमुख भए बोहरा

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली काँग्रेसका नेता दुर्गा दत्त बोहरा निर्विरोध भएका छन् । समन्वय प्रमुखमा बोहराको मात्रै उम्मेदवार परेपछि उनी निर्विरोध भएका छन् ।

उप प्रमुखमा पनि काँग्रेसका राम कुमारी राना निर्विरोध भएकी छन् । जेठ ३० गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।

lotus institite
daimond public

पाँच स्थानीय तह जितेको काँग्रेससित समन्वय समितिका लागि बहुमत भएपछि अन्य दलले उम्मेदवारी दर्ता समेत नगरी निर्वाचन प्रक्रिया बाहिर बसेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्य तर्फ जयसिह विष्ट, राम सिह भण्डारी, मोहन महता, अन्जुदेवी राना, लिला चौधरी, चन्द्रवती थापा र बिमला कुमारी सार्कीको उम्मेदवारी दर्ता भएको छ । विष्ट प्रमुखका आकाँक्षी थिए ।

काँग्रेसबाट बोहरा, विष्ट सहित महेश चन्द र नर बहादुर साउँदको नाम चर्चामा थियो । समन्वय प्रमुख भएका बोहरा २०४९ को निर्वाचनमा काँग्रेसबाट भीनपा ४ को अध्यक्ष निर्वाचित भएका थिए । अध्यक्ष भएको ३० वर्षपछि उनी वडा सदस्य जितेर समन्वय प्रमुख भएका छन् ।

काँग्रेसमा विद्यार्थी राजनीतिबाट आएका उनी पूर्व महाधिवेशन प्रतिनिधि हुन् । उनी भीनपा ४ भगतपुरका वासिन्दा हुन् ।

Himal dental
सम्बन्धित
Loading...