बैतडी । बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा बिजुलीकोे पोल भाँचिदा तीन दिन देखि विद्युत सेवा अवरुद्ध भएको छ । नेकपा एकिकृत समाजवादी अध्यक्ष समेत रहेका गुरुखोलाका स्थानीय महादेव भट्टले आफनै जमिनमा रहेको रुख काट्दा पोल भाँचिएपछि तीन देखि विद्युत सेवा अवरुद्ध भएको हो ।
विद्युत सेवा अवरुद्ध भएपछि गुरुखोला आसपसाका नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका छन् । विगत तीन दिन देखि विजुली नहुँदा आफुहरुलाइ समस्या भएको गुरुखोलाका स्थानीय नर बहादुर टेरले बताए ।
विद्युतको पोल भाँचिदा दशरथचन्द नगरपालिका वडा नं १ र २ तथा सुर्नया गाउँपालिका वडा नं १ का विभिन्न स्थानका स्थानीबासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत पोल भाँचिएकै कारण रेडियो निङ्गलाशैनी जेनेरेटरबाट सञ्चालन गर्नुपरीरहेको छ ।
दशरथचन्द नगरपालिका वडा नं १ का खाल, कलौन, झोकाली लुइटा, पितलथला , नाका र सुर्नया गाउँपालिकाको हटैराज र दनपाकै वडा नं २ को दौला टोलमा समेत विद्युत सेवा अवरुद्ध छ । यता नेपाल विद्युत प्राधिकरण बैतडीका सुपरभाइजर माधव लेखकले भने नयाँ पोल गाडेर विद्युत सेवा सुचारु गर्ने काम भइरहेको बताए ।
विद्युत पोल भाँचिएको बिषयमा समाजवादी अध्यक्ष भट्टले रुख काट्दा एक्कासी हावाले पोलमा ढलेको बताए । रुख पोलभन्दा धेरै टाढा रहेको भएपनि हावाका कारण पोलमा पुगेको उनले बताए ।
उनले भने ‘दाउराका लागि रुख काट्यौँ,पोल भन्दा फरक साइडमा ढलाउन खोजेका हौँ, तर हावाले पोलमा बजारियो म आफै चिन्तित छु ।’