बेलडाँडीबाट लागु औषध खैरो हिरोइन सहित दुई जना पक्राउ

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका ३ बाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्डाँडाडी र प्रहरी चौकी झिलमिलाको टोलीले राधाकृष्ण माघ्यमिक विद्यालय नजिबाट उनीहरुलाई खैरो हिरोइन सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका ६ मुसेपानीका विकास चौधरी(१८) र भीमदत्त नगरपालिका २ महोलियाका सुवास चौधरी(२५) छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार लु ८४ प ८१०८ नम्बरको वनटेष्ट मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्दा लागु औषध भेटिएको छ ।

deepak

प्रहरीका अनुसार उनीहरुको खल्तीबाट २ ग्राम ६९० मिलिग्राम भेटिएपछि पक्राउ गरिएको छ । पक्राउ गरिएका उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित
Loading...