महेन्द्रनगर । बेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशीले आर्थिक रुपमा बलियो भए मात्रै महिलामाथि हिंसा न्यूनीकरण हुने बताएकी छन् । उनले महिलालाई आर्थिक रुपमा अघि बढ्न व्यवसायिक हुन समेत सुझा दिएकी छन् ।
बेदकोट नगरपालिक ७ बाख्रा पालन तालिम समापन कार्यक्रममा उप मेयर जोशीले तालिममा सिकेको सीपलाई व्यवहारमा प्रयोग ल्याउनु पर्ने बताइन् ।
तालिममा सिकेको सीप प्रयोग भए मात्रै महिलाहरु आर्थिक रुपमा बलियो हुन सक्ने बताए । सात दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम जेठ २३ गतेदेखि सुरु भएको थियो ।