भीमदत्तमा गर्मीका कारण दिइएको विदा बढाइयो, असार ५ गते मात्रै विद्यालय खुल्ने

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा अत्यधिक गर्मीका कारण बन्द गरिएका शैक्षिक संस्था असार ५ गतेदेखि मात्रै सञ्चालनमा आउने भएका छन् ।

नगरपालिकाले आइतबार गर्मी नघटेपछि जेठ २४ देखि २७ गतेसम्मका लागि गरेका विदालाई असार ३ गते शुक्रबारसम्म  बढाएको हो । यस अघि अत्यधिक गर्मीका कारण असार २४ गतेदेखि चार दिन विद्यालय बन्द गरिएको थियो ।

deepak

भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले गर्मी यथावत रहेकाले लामो विदाबाट कटौती हुने गरी विदा बढाइएको सार्वजनिक सूचना जारी गरेका छन् ।

सम्बन्धित
Loading...