दोधारा चाँदनीका सीमावर्ती वस्तीमा रक्सी खान आउने भारतीयको भीड, स्थानीय प्रशासन बेखबर

दोधारा । दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा पछिल्लो समय फष्टाउदै गएको अवैध मदिराको कारोबार अझै सम्म रोक्न असफल देखिएको छ । अवैध कारोबार रोक्नका लागि स्थानिय प्रशासनको ढिलाईको कारण कारण नगर क्षेत्रमा खुला मदिराको अवैध कारोबार फष्टाएको छ ।

दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा बस्तीमा अवैध रुपमा खुलेआम मदिराको कारोवार भई रहँदा समेत स्थानिय प्रशासन भने मुकदर्शक बनेको स्थानियहरुको आरोप छ् ।

अवैध मदिराको कारोबारबाट केहि सिमित ब्यक्तिलाई फाईदा भएपनि मदिरा सेवनले जथाभावी होल्ला, झै झगडा, गालिगलोच गर्दा सिमा बस्तीहरुमा अशान्ति हुने गरेको बताईएको छ् ।

नगरपालिकाको वडा नं. ३ बडवाल टोल, वडा नं. ७ कञ्चनभोज, वडा नं. ८ सुन्दरनगर, वडा नं. १० कुतियाकवर तथा अठार नम्वर पिल्लर बस्ती नेपाल–भारत सिमा क्षेत्रमा स्थानीयले भारतीयले जथाभावी मदिरा सेवन गरेर स्थानीयलाई दुःख दिने गरेको गुनासो समय समयमा सुन्नमा आईरहन्छ । नगरपालिका भारतसंग जोडिएको दुई ठूला प्रान्त उत्तराखण्ड र उत्तर प्रदेश रहेका छन् ।

भारतको उत्तर प्रदेशमा सबैखाले मदिरा सेवन, बिक्री वितरण तथा ओसार पसारमा पुर्ण रुपमा नियन्त्रण लगाएसंगै सिमा क्षेत्रका झुप्रे होटलमा भारतीय मदिरा सेवन गर्नेहरुले गर्दा भरिभराउ हुने गरेको स्थानियहरु बताउँछन् । अबैध मदिराका झुप्रे होटेलहरु दिन प्रतिदिन बढ्दा पनि स्थानिय प्रशासनले अबैध मदिरा नियन्त्रणमा खासै चाँसो नदेखाएको स्थानियहरु बताउछन् ।

भारतमा मदिरा नियन्त्रण पछि भारतीयहरु घुम्ने नाउमा मदिरा सेवनका लागि नेपाली बाजार आउने गरेका छन् । भारतमा मदिरा नियन्त्रण लगाएसंगै दोधारा चाँदनीक नगरपालिकाको सिमा बस्तीमा रहेका झुप्रे होटेलहरुमा भारतीयहरुको भिड लाग्ने गरेको छ् ।

बिगतका दिनहरुमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले अबैध ‘मदिरा नियन्त्रणमा अपरेसन’ संचालन गरेको थियो । अपरेसन पछि केही हद सम्म अबैध मदिरा नियन्त्रणहरु भएको थियो ।

‘भारतीयहरु नेपाली बजारमा आउनु भनेको कदापि नराम्रो होइन तर घुम्ने नाममा आएर यहाँका आएर मदिरा सेवन गरी जथाभावी झै झगडा गर्नु गलत हो’ स्थानियहरु भन्छन् । सीमा क्षेत्रका मदिरा पसल ब्यापारिहरु दर्ता बिना नै धमाधम सन्चालनमा ल्याएका छन् ।

सरकारको नीति अनुसार कुनै पनि पसल सन्चालन गर्दा अनुपति पत्र लिनु पर्ने भएता पनि सीमाका ब्यापारीहरु मनपरि पसल सञ्चालन संगै सिमापारी मदिरा तस्करी भईरहेको छ् । सीमा क्षेत्र भन्दा ३ किलोमिटर भित्र पसल सञ्चालन गर्न सरकारको नीति छ् । तर सीमा क्षेत्रको दशगजा क्षेत्रमा समेत यस्ता धैरै अवैध पसल सञ्चालनमा आउदा पनि नगरपालिकाको स्थानिय सरकार तथा स्थानिय प्रशासन मौन रहेको आरोप खेप्नु परेको छ् । यसरी अवैध रुपमा मदिरा पसल सञ्चालन हुदा दुई देशको सम्बन्ध समेत बिग्रिन सक्ने स्थानीयबासीले बताएका छन् ।

भारतको उत्तर प्रदेश तथा उत्तराखण्ड संग जाडिएको सिमा बस्तीमा मदिरा प्रयोग र बिक्री रोक्न कार्यान्वयनमा सहयोग गर्न बिगतका दिनहरुमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले नेपाली पक्षलाई आग्रह गर्दै आएपनि नेपाली स्थानिय प्रशासन तथा स्थानिय सरकारबाट खासै प्रभावकारी कदम नचालेको स्थानियहरुको ठहर छ् ।

दोधारा चाँदनीको कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडवाल टोलमा दैनिक बस्तीमा भारतिय नागरिक दैनिक मदिरा पिउन सीमा क्षेत्रको नेपाली भट्टीमा आउने गरेका छन् ।

उक्त स्थानमा नेपाली प्रशासनको खासै उपस्थिती नहुने हुदा बिहानै देखि भारतिय नागरिक नेपाली भट्टीमा लर्को लाग्ने गरेको स्थानियहरुको भनाई रहेको छ् । जसले गर्दा अपराधिक गतिबिधी बढ्न सक्ने खतरा रहेको स्थानियहरुको भनाई रहेको छ् । दोधारा चाँदनीका स्थानियहरु उपभोग्य वस्तु किन्न दिनहु दर्जनौ नेपाली भारतीय सीमा बजार बनबासा, नगरा, खटिमा, मेलाघाट, बंगाली कलौनी, रामनगरा जान्छन् ।

भारतियहरु पनि मकै, तरकारी, कवडा, अन्यकुरा खरिद गर्न नगरपालिकाको सिमा बस्तीहरुमा आउनेको उस्तै भिड हुन्छ् । तर, सरसामान खरिद गर्न भन्दा, उनीहरु मध्य धेरै जसो मदिरा पिउन नेपाल आउने गर्छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्वर पिल्लर बस्तीमा भेटिएका एक भारतिय नगरिकका अनुसार नेपालमा मदिरा राम्रो संगै सस्तो दर भाउमा पाउने हँुदा मदिरा पिउनको लागि नेपाल आउने बताएका छन् । ‘जहाँ र जुनसुकै बेला खोजे पनि पाईने हुदा नेपालमा दारु पिउन आउछौ’ भारतिय भाषामा उनले भने ।

भारत सरकारले मदिरामा नियन्त्रण लगाएपछि भारतिय नागरिकहरु दोधारा चाँदनीको सिमा बस्तीमा मदिरा पिएर तथा आफूसंग लिएर जाने गरेका छन् । सिमा बस्तीमा मदिरा व्यापार भने मज्जाले जमेको छ । सीमा बस्तीमा दर्जर्नौ अबैध मदिरा झुप्रे होटेलहरु रहेको हुदा दोधारा चाँदनीको सिमा बस्तीहरुमा मदिराको कारोबार फस्टाएको छ् ।

खुलेआम मदिरा सेवनमा गरेर चर्को स्वरमा सिमा बस्तीमा भारतीय नागरिकहरु मदिरा पिउन आउने गरेका छन् । सिमा क्षेत्रमा भारतीय नम्वर प्लेटका गाडीहरुको बाक्लो पार्किङ हुने गरेको छ् । भारतीयहरु नेपाल आउने र बिहानै देखि रात परुन्जेल मदिरा पिएर होहल्ला गर्ने हुनाले भारतीयहरुको सिमा क्षेत्रमा विकृति बढेको स्थानियहरुको गुनासो छ ।

नेपाली मदिरा सेवन गर्ने भारतीयहरुको सीमावर्ती क्षेत्रमा भिड बढ्न थालेपछि सिमा बस्तीहरुमा सुरक्षा चुनौती थपिएको एक थरीको भनाई रहेको छ ।

Sisu
सम्बन्धित
Loading...