ghar sansar

समाजवादीका नेता केसी भन्छन्– हरपाल क्षेत्रमा भोट माग्न आउँदा कामको फेहरिस्त लिएर आउनु

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका नेता सुरेन्द्र केसीले आगामी मंसिरमा हुने निर्वाचनमा संघ र प्रदेशका साँदसलाई पाँच वर्षे कार्यको फेहरिस्त लिएर भोट माग्न आउन सुझाव दिएका छन् । उनले संघ र प्रदेश साँसदलाई साँसद विकास कोषबाट हरपाल क्षेत्रबाट गरिएका योजनाको फेहरिस्त लिएर आउनु सुझाव दिएका छन् ।

नेता केसीको बेदकोट नगरपालिका क्षेत्रबाट संघमा एमाले नर बहादुर धामी र सुदूरपश्चिम प्रदेशमा समाजवादीकै लाल बहादुर खड्का साँसद छन् । प्रदेश साँसद खड्का केही महिना मन्त्री भएर जिम्मेवारी पाई सकेका छन् ।

lotus institite
daimond public

एमाले विभाजन हुन अघि प्रतिनिधि सभा साँसद धामी र प्रदेश साँसद खड्का दुबै एमालेका थिए । उनीहरु दुबै जना २०७४ मा तत्कालिन वाम गठबन्धनबाट निर्वाचित भएका थिए ।

‘संघ र प्रदेशको चुनाव आउँदैछ । हरपाल गाउँ क्षेत्रमा संघ र प्रदेशका माननीयहरुले ५ वर्षको साँसद कोष २८ करोड र १५ करोडबाट कति योजना सम्पन्न गरे, यो गाउँमा भोट माग्न आउँदा आफ्नो काम फेहरिस्त लिएर आउनु होला’ नेता केसीले आफ्नो फेसबुकमा भनेका छन् ।

समाजवादीका नेता केसी स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिकाको मेयरको उम्मेदवार थिए । समाजवादीले चुनाव घोषणापछि मात्रै समाजवादी प्रवेश गरेका रामचन्द्र रेग्मीलाई उम्मेदवार बनाएको थियो । केसीले वागी उम्मेदवारी दिए पनि पछि पार्टीको निर्णय मानेको भन्दै फिर्ता लिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...