कैलालीमा सत्तारुढ गठबन्धन : पालिकामा पराजित, जिससमा निर्वाचित

Amity

महेन्द्रनगर । कैलाली जिल्ला समन्वय समितिको प्रमुख उप प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदम बहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् ।

स्वतन्त्रबाट धनगढी उप महानगरको मेयर जितेको गोपाल हमालले मत दिएपछि सत्तारुढ गठबन्धन विजयी भएको हो । यस अघि गठबन्धन र गठबन्धन इतर दलबीच १२÷१२ मत मत थियो । त्यसमा हमालको मतलाई निर्णायक मानिएको थियो ।

janjyoti campus

१३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए । उनीहरु दुई दलको १२ मत थियो । यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो । तर निर्णायक मानिएका हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन् ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाएनन् । निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन भनेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...