ghar sansar

भीनपा १३ का अध्यक्ष झकास : घरबाट लगेको प्लाष्टिकको कुर्सीमा बस्छन्, कार्यालयको कुर्सीलाई फूलमालाले सजावट गरी राखे

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ का अध्यक्ष राम बहादुर बोहरा झकासले वडा कार्यालयमा घरबाट प्लाष्टिको कुर्सी लगेर बस्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा निर्वाचित भएर पद तथा गोपनियताको शपथ खाएपछि उनले घरबाट कुर्सी लगेका हुन् ।

नेपाली काँग्रेसले टिकट नदिएपछि उनी पुतली चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । उनी वडा अध्यक्षमा निर्वाचित हुँदा अघिल्लो निर्वाचनमा फराकिलो मत अन्तरले जितेको काँग्रेस यस पटक तेस्रो भएको थियो ।

lotus institite

स्थानीयमा सहयोगी भनेर चिनिएका उनी उम्मेदवार भएपछि चुनाव जित्ने अड्कल काटन् थालिएको थियो । चुनाव जितेपछि उनी राम भगवानजस्तै वडा चलाउने मनस्थिति बनाएका छन् ।

‘म रामको भत्त पनि हुँ, ‘जसरी रामले राज्य गरेका थिए, त्यसरी नै गर्ने मेरो चाहना हो, उनी भन्छन्, ‘त्यही भएर सरकारी कुर्सीमा आफु होईन भगवान राखेको छु, यी भगवान जनता हुन म जनताको सेवक हुँ ।’

अध्यक्ष बोहराले आफ्नो कार्यकक्षमा भगतवानका तस्बिर पनि राखेका छन् । राम, सीता र हनुमानका फोटा कुर्सीमा राखेका देखिख्छन् । उनी कार्यालय प्रवेश गरेपछि दैनिक रुपमा कुर्सीमा ढोगेर मात्रै बस्ने गरेका छन् । नामै राम भएपछि उनी अध्यात्मकवादलाई मान्छन् ।

अध्यक्ष बोहराको कार्यकक्षका दुई कुर्सीमध्ये आफू बस्ने कुर्सीमा टावल राखेका छन् । कार्यालयको कुर्सी सजाएर राखेका छन् । सरकारी कुर्सीमा राम लेखिएको गम्छा राखिएको छ । ‘म भगवानलाई साँक्षी राखेर जनताको शासक नभई सेवक भएर काम गर्नेछु’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...