महेन्द्रनगर । बेलडाँडी गाउँपालिका ३ राधाकृष्ण मन्दिर नजिकबाट लागु औषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पिलभित ग्राम पञ्चायत थाना हजारा टारगन्जका २६ वर्षीय जसबिन्दर सिंहलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीसित १० ग्राम ३८० मिलिग्राम खैरौ हिरोइन र भारतीय रुयैयाँ ५ हजार भेटिएको छ । लागु औषध र रकम दुबै प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले शाहले पक्राउ परेका सिहलाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए । भारतीय नागरिक सिह लागु औषधको कारोबारी हुन सक्ने प्रहरीको आशंका छ ।