अत्यधिक गर्मीले नछाडेपछि कृष्णपुरमा पनि फेरि विद्यालय बन्द, असार ५ गतेदेखि मात्रै सञ्चालनमा आउने

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले पनि अत्यधिक गर्मीका कारण विद्यालयमा दिइएको विदालाई बढाएको छ । नगरपालिकाले जेठ ३१ देखि असार ३ गतेसम्मका लागि नगरपालिका सबै शिक्षण संस्था बन्द गरेको हो ।

Mishra

यस अघि जेठ २५ गतेदेखि गर्मीका कारण शिक्षण संस्था बन्द गरिएको थियो । अत्यधिक गर्मी नघटेपछि नगरपालिकाले फेरि विदा गरेको हो ।

deepaj

नगरपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख विष्णुदत्त भट्टले विद्यालय बन्द गरिएको सार्वजनिक सूचना जारी गरेका छन् । भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाले गर्मी विदा बढाई सकेका छन् ।

सम्बन्धित
Loading...